माधव नेपाल भन्छन्, ‘ज्ञानेन्द्रको पाउमा दाम राखेर ढोग्नु र प्रधानमन्त्रीका लागि बिन्तिपत्र चढाउनु मेरो ठूलो भुल’

काठमाण्डु टुडे २०७१ कार्तिक २३ गते ४:४३ मा प्रकाशित

madhav nepalकाठमाण्डु, २३ कात्तिक–  पूर्वप्रधानमन्त्री एवम् एमाले नेता माधवकुमार नेपालले तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई दाम राखेर ढोग्नु जीवनकै ठूलो भुल भएको बताएका छन् ।
उनले ज्ञानेन्द्को पाउमा दाम राख्नु र प्रधानमन्त्री माग्नुलाई आफ्नो जीन्दगीकै सबैभन्दा ठूलो भूल बताए । यद्यपि ज्ञानेन्द्रको शासन सत्ता ढाल्न पनि आफ्नो महत्वपूर्ण भूमिका रहेको दाबी गरे ।

‘प्रधानमन्त्रीका लागि दाबा पत्र लेखेर ज्ञानेन्द्रलाई दिएँ, त्यो नै मेरो जीन्दगीको ठूलो भूल हो, त्यो कुनै विन्तिपत्र थिएन’, अनलाइनखबर डटकमसँग कुरा गर्दै नेतालले भनेका छन्, ‘त्यसबाट विरोधीले खेल्ने मौका पाए र, मेरो विकनेस देखियो । मलाई लागेको थियो, त्यो हक हो, हामीले दाबी गर्नुपर्छ,  ज्ञानेन्द्रले तोक्ने होइन भन्ने लागेको थियो ।’

ज्ञानेन्द्रलाई दाम राखेर ढोगेकामा पनि नेपालले पश्चाताप गरेका छन् । यसलाई जीवनको दोस्रो भूलको संज्ञा दिँदै उनी भन्छन्, ‘अर्को भूल ज्ञानेन्द्रलाई दाम राखेर ढोगेको कुरा पनि हो । अरु त मैले केही गर्न सक्दिनथें, शीर ननिहुर्यालएको भए हुने थियो । बिनम्रता पनि कहिलेकाँही अभिशाप हुँदो रहेछ ।’
दाम राख्नुको कारण खुलाउँदै उनले भने, ‘त्यो मैले चलनको पालना गरेको हो, अरु केही गरेको त होइन । तर, मेरा विरोधीहरुले त्यो फोटोलाई गलत प्रचार गरिरहेका छन् ।’

नेपालले आफू स्वाभिमानी, भावुक र कामकाजी मान्छे भएको बताए । उनले आफू राजनीतिमा नलागेको भए चार्टर एकाउण्टेन हुने सपना रहेको उल्लेख गरेका छन् । कम्युनिष्ट नेताहरु ढोंगी हुन नहुने र जीवनशैली जनतासँग मिल्ने हुनुपर्ने उनको भनाइ छ । उनले आफू संविधानसभा निर्वाचनमा एमाले पराजित हुँदा खुबै रोएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us