करेण्ट लागेर स्कुले छात्राको मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक २३ गते ४:१७ मा प्रकाशित

धादिङ, २३ कात्तिक– निलकण्ठ नगरपालिका– १ नागेश्वर भन्ज्याङमा करेन्ट लागेर एक स्कुले छात्राको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको खाल्टे गाविस–१ धुसेनीकी चमेली तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

तामाङ चिसापानीस्थित जलदेवी निम्न माध्यामिक विद्यालयमा कक्षा-८ मा अध्ययनरत थिइन् । जङ्गलमा घाँस काटेर घर फर्कने क्रममा विद्युतको खम्बा भुइँमा ढलेर लत्रेको तारले छुँदा तामाङलाई करेण्ट लागेको बताइएको छ ।

नेपाल विद्युत् प्राधिकरणलाई विद्युत सर्ट भएको जानकारी गराउँदा पनि बेवास्ता  गरेकाले घटना भएको आरोप स्थानीयले लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us