ट्रक र बस ठोक्किदा दुईको मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते १२:५४ मा प्रकाशित

नवलपरासी, २२ कात्तिक – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेको एक्समोडमा मालवाहक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

नेपालगन्जबाट पोखराका लागि छुटेको ना ५ ख ६६६ नम्बरको बसलाई विपरीत दिशाबाट आइरहेको ना ३ ख ४३७६ नम्बरको ट्रकले ठक्कर दिँदा रुपन्देही सिक्टन–६ बस्ने उषा बराइको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै, बस चालक कास्की–५ हेम्जाका ४० वर्षीय बद्रीविक्रम भण्डारीको उपचारका लागि बुटवल अञ्चल अस्पताल लैजाँदै गर्दा मुत्युभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते २२ जनाको लुम्बिनी अस्पताल बुटवल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । बसलाई ठक्कर दिएपछि ट्रक करिब २०० मि तल खसेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us