यात्रु बसमा आगजनी

काठमाण्डु टुडे २०७१ कार्तिक २३ गते ५:३२ मा प्रकाशित

विराटनगर, २३ कात्तिक– विराटनगरस्थित बसपार्कमा गएराति १२ बजे अज्ञात व्यक्तिले यात्रु बसमा आगजनी गरेका छन् ।

विराटनगरबाट इनरुवा आवतजावत गर्ने ना ३ ख २५२९ नम्बरको सो बसको अधिकांश भाग जलेर नष्ट भएको छ ।  बसपार्कमा रहेका गाडीका कर्मचारीका साथै व्यापारी र स्थानीय जनताको सहयोगमा आगलागी नियन्त्रणमा आएको गाडीधनी सन्तोष श्रेष्ठका आफन्त जयन्द्र प्रधानले जानकारी दिए ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us