काठमाण्डु, २२ कात्तिक – समसामयिक राजनीतिका सवालमा फरक–फरक धारमा देखिएका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र एकीकृत माओवादीका अध्यक्षहरुले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको समीक्षा एउटै टेबलबाट गरेका छन् । एमालेको मुखपत्र ‘नवयुग’ मासिकको प्रकासोन्मुख अन्तर्राष्ट्रिय कम्युनिस्ट विशेषाङ्कका लागि सो पार्टीको संसदीय दलको कार्यालयमा शनिबार आयोजित...
काठमाण्डु, २२ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणबाटै राजनीतिक अस्थिरताको अन्त्य हुने बताएका छन् । काँग्रेस केन्द्रीय कार्यालयमा पार्टीका केन्द्रीय कार्यसमिति पूर्वसदस्य एवम् पूर्वमन्त्री सिद्धराज ओझाको श्रद्धाञ्जलि सभामा उनले निर्धारित समयमा संविधान जारी गरी देशलाई समृद्धिको मार्गमा लैजानुपर्ने बताए । संविधान निर्माणका लागि...
बागलुङ, २२ कात्तिक – जिल्लामा जबर्जस्ती करणीका घटना बढेका छन् । पछिल्लो वर्षका आँकडाले जबर्जस्ती करणीका घटना बढ्दो क्रममा रहेको देखाएको छ । विविध कारणले महिला तथा कम उमेरका बालिकामाथि हुने जबर्जस्ती करणीका घटना वृद्धि भएका हुन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पछिल्लो...
काठमाण्डु, २२ कात्तिक – आँखालाई आकर्षक र सुन्दर बनाउन आजभोलि मानिस विभिन्न रङ्गका लेन्सको प्रयोग गर्न थालेका छन् । चिकित्सकको सल्लाह र प्रत्यक्ष निगरानीबिना जथाभावी रुपमा लगाइने लेन्सले आँखाको ज्योति नै गुम्ने खतरा रहेको वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत बताउछन् । राजधानीमा शनिबार...
काठमाण्डुु, २२ कात्तिक– विवादका कारण पटकपटक स्थगित हुँदै आएको एमाले केन्द्रीय कमिटी बैठक आज बस्दैछ । मध्याह्नपछि पार्टी मुख्यालय बल्खुमा बस्ने बैठकमा कार्यविभाजन, कार्ययोजना, संविधान निर्माण तथा पोलिट्ब्युरो र स्थायी समिति गठनलगायत एजेण्डामा छलफल हुने सचिव गोकर्ण विष्टले जानकारी दिए । अध्यक्ष केपी शर्मा...
पोखरा, २२ कात्तिक– नेपाल चिकित्सक सङ्घले हालको जनसङ्ख्यानुसार नेपालमा २२ हजारदेखि २५ हजार चिकित्सकको खाँचो पर्ने जनाएको छ । सङ्घ गण्डकी शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा सङ्घका अध्यक्ष डा अञ्जनीकुमार झाले एक करोड जनसङ्ख्या हुँदा व्यवस्था गरिएको चिकित्सकको दरबन्दी अहिले पनि यथावत् रहेको बताउँदै...
सिरहा, २२ कात्तिक– के तपाईँको घरमा शौचालय छ ? यदि छैन भने चाँडै बनाउनुहोस्, नत्र तपार्इंले कुनै पनि सरकारी सेवा सुविधा पाउनु हुन्न । सन् २०१५ भित्र नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न लहान नगरपालिकाले यस्तो प्रावधान लागु गर्न लागेको हो । विश्व चर्पी दिवसका...
काठमाण्डु, २२ कात्तिक– व्यवस्थापिका– संसदको अर्थ समितिले काबेली लगायत १३ जलविद्युत आयोजनाको अनुमतिपत्र खारेज गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन कार्यान्वयन नगर्न/नगराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। अख्तियारले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई निर्णय गरेको समितिको ठहर छ । शुक्रबार ऊर्जामन्त्री र ऊर्जासचिवसँग छलफल गरी...
काठमाण्डु, २१ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीलाई घूससहित पक्राउ गरेको छ । विमानस्थल भन्सार अधिकृत प्रेम अधिकारी र नायबसुब्बा हरिवंश कार्कीलाई धुम्बाराहीस्थित मुनलाइट पार्टी प्यालेसबाट शुक्रबार घुससहित रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुका साथबाट घूस लिँदै गरेको २२...
काठमाण्डु, २१ कात्तिक- सरकारद्वारा विघटित नेपाल क्रिकेट संघ ‘क्यान’ का पदाधिकारी र सदस्यहरु अदालत जाने भएका छन् । विघटित क्यानका सदस्य एवम् प्रवक्ता दीपक साउदका तर्फबाट शुक्रबार जारी गरिएको विज्ञप्तिमा सरकारको गैरकानुनी तथा गैरलोकतान्त्रिक निर्णय बदर गराउन माग गर्दै कानुनी उपचारको बाटो अवलम्वन गर्ने...
काठमाण्डु, २१ कात्तिक– प्रधानमन्त्री सुशील कोइरालाले मुगुका असिना पीडितलाई राहत र असिनाबाट पुगेको खेतिबालीको क्षतिबापत रकम उपलब्ध गराउन निर्देशन दिएका छन् । ज्ञापनपत्र बुझाउन शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको मुगका सर्वदलीय प्रतिनिधि मण्डलको माग सुनेपछि प्रधानमन्त्रीले अर्थमन्त्री रामशरण महतलाई फोन गरी उदारतापूर्वक पीडितहरुको मागमा...
काठमाण्डु, २१ कात्तिक– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दलहरुबीच चिसिएको सम्बन्ध सुधार्न र पुन: संवादको वातावरण बनाउन सक्रिय भएका छन् । श्रेष्ठले दलहरुबीच सम्बन्ध सुधार गरेर संवादको वातावरण निर्माणका लागि भन्दै शुक्रबार सत्तारुढ काँग्रेस–एमालेका शीर्ष नेतासँग छुट्टाछुट्टै छलफल गरेका हुन् । उनले काँग्रेस वरिष्ठ...