घरमा शौचालय छ ? नभए सरकारी सेवा पाइन्न

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते २:३४ मा प्रकाशित

सिरहा, २२ कात्तिक– के तपाईँको घरमा शौचालय छ ? यदि छैन भने चाँडै बनाउनुहोस्, नत्र तपार्इंले कुनै पनि सरकारी सेवा सुविधा पाउनु हुन्न ।

सन् २०१५ भित्र नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न लहान नगरपालिकाले यस्तो प्रावधान लागु गर्न लागेको हो ।
विश्व चर्पी दिवसका दिन आगामी मङ्सीर ३ गतेदेखि सरसफाइ परिचयपत्र वितरण गर्ने निर्णय भएको लहान नगरपालिकाका कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us