समाचार

कार्यबाहक नपाएपछि सुशीललाई धम्क्याएर रामचन्द्रले खुवाए छोरालाई जागिर

२०७१ कार्तिक २१ गते ८:२१

काठमाण्डु, २१ कात्तिक – काँग्रेस उपसभापति रामचन्द्र पौडेलले एकपछि अर्को गर्दै तीन जना आफन्तलाई राजनीतिक नियुक्ति दिलाएर तुष्टि मेटेका छन् । १७ पटकसम्म प्रयास गर्दा पनि प्रधानमन्त्रीमा नपत्याइएका पौडेललाई पार्टीले कार्यवाहक सभापतिसमेत बनाउन आनाकानी गरेपछि प्रधानमन्त्री सुशील कोइरालासँग बार्गेनिङग गरेर छोरालाई जागिर खुवाएका छन्...

नेपाली कम्युनिस्टहरुले बिर्सिदिए अक्टुबर क्रान्ति दिवस

२०७१ कार्तिक २१ गते ८:०७

काठमाण्डु, २१ कात्तिक– विश्वभरिका कम्युनिस्टहरुले आदर्श दिनका रुपमा लिने अक्टुबर क्रान्ति दिवस आजैका दिन (नोभेम्बर ७ मा) पर्छ । पुरानो रुसी क्यालेन्डरअनुसार अक्टुबर २५ गते पर्ने भएकाले यसको नाम ‘अक्टुबर क्रान्ति’ रहन गएको हो । कम्युनिस्टहरुले सैद्धान्तिक गुरुका रुपमा जर्मनीका कार्ल माक्र्स र व्यवहारिक...

अख्तियारको निर्देशनलाई अर्थ समितिको लोप्पा

२०७१ कार्तिक २१ गते ७:४६

काठमाण्डु, २१ कात्तिक – संसदको अर्थ समितिले जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन कार्यान्यवन नगर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले अख्तियारको निर्देशनले जलविद्युतको क्षेत्रमा आकषिर्त लगानी विस्थापित हुने र मुलुक लोडसेडिङको थप चपेटामा...

चिठ्ठा र लोटरीको लोभ देखाएर स्थानीय ठग्ने गिरोह पक्राउ

२०७१ कार्तिक २१ गते ७:३४

भीमदत्तनगर, २१ कात्तिक – ठूलो रकम पाइने भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोह सक्रिय भएको छ । उक्त गिरोहले कञ्चनपुरका विभिन्न ग्रामीण क्षेत्रका नागरिकलाई फोनमार्फत ठूलो रकम पाइने भन्दै प्रलोभनमा पारेर ठगी गर्दै आएको छ । गाउँका नागरिकलाई मोबाइल फोनमा लोटरी पर्याे भन्दै ठूलो...

उपल्लो मुस्ताङमा औषधिको हाहाकार , पर्यटक बीच बाटोबाटै फर्किए

२०७१ कार्तिक २१ गते ७:२६

म्याग्दी , २१ कात्तिक – उपल्लो मुस्ताङको अवलोकनमा जाने पर्यटक बिरामी हुँदा आवश्यक पर्ने औषधि अभाव हुने गरेको छ । उपल्लो मुस्ताङको छोसेर, छोन्हुप र सुरर्खाङ गाविसमा उपस्वास्थ्य चौकी स्थापना भएको लामो समय बितिसक्दासमेत आवश्यक पर्ने पूर्वाधार र औषधिको अभाव हुँदा स्थानीयसँगै पर्यटकलाई समस्या...

अस्थायी शिक्षकले सरकारी विद्यालय बन्द गराए

२०७१ कार्तिक २१ गते ७:२२

काठमाण्डु, २१ कात्तिक – आफूसँग विगतमा गरिएका सहमति कार्यान्वयन नभएको भन्दै अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले शुक्रबार काठमाण्डु उपत्यकाका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गराएको छ । माग पूरा गराउन अनशनमा रहेका आफ्ना शिक्षकलाई प्रहरीले दुव्र्यबहार गरी शान्तिवाटिकाबाट हटाएको विरोधमा आज विद्यालय बन्दको कार्यक्रम गरिएको...

२२ दलले द्वन्द्व र अराजकता निम्त्याउन खोजे : मन्त्री बस्नेत

२०७१ कार्तिक २१ गते ७:०८

भक्तपुर, २१ कात्तिक – उद्योगमन्त्री महेश बस्नेतले २२ दलले जातीय राज्यको बीउ रोपेर देशमा जबर्जस्ती द्वन्द्व र अराजकता निम्त्याउन खोजेको आरोप लगाएका छन् । भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको दोस्रो साधारण सभा तथा प्रथम जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मन्त्री बस्नेतले यस्तो आरोप...

मध्यरातमा श्रीमती अपहरण गर्ने श्रीमानसहित पाँच पक्राउ

२०७१ कार्तिक २१ गते ७:००

धनगढी, २१ कात्तिक – कैलाली जिल्लामा बुधबार राति एक महिलालाई अपहरण गरेको घटनामा संलग्न महिलाका श्रीमानसहित पाँचजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । प्रतापपुर गाविसको वनवर्षा गाउँबाट मध्यराति अपहरणमा परेकी २० वर्षीया सविता चौधरीलाई मुनुवा गाविसस्थित अपहरित महिलाको श्रीमानकी कान्छी आमाको घरको कोठामा थुनेर...

प्रचण्डले बोलाएको बैठक सुशील र ओलीद्वारा बहिस्कार

२०७१ कार्तिक २१ गते ६:१५

काठमाण्डु, २१ कात्तिक– प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठक बहिस्कार गरेका छन् । प्रचण्डले उच्चस्रतीय राजनीतिक समिति संयोजकका हैसियतमा बोलाएको बैठकमा उनीहरु सहभागी नहुने भएका हुन् । बिहीबार प्रधानमन्त्री निवास...

बसको छतमा चढ्न नदिन सादा पोसाकका प्रहरी परिचालन

२०७१ कार्तिक २१ गते ५:२४

जाजरकोट, २१ कात्तिक– यात्रुलाई बसको छतमा चढ्न नदिन सादा पोसाकका प्रहरी परिचालन गरिएको छ । जिल्लामा हुने सडक दुर्घटना कम गर्न जिल्ला प्रहरीले कडाइका साथ छतमा चढ्न रोक लगाएको हो ।  राकम–खलङ्गा, खलङ्गा–रिम्ना र राकम–मोर्क सडकमा सञ्चालन हुने यातायातका साधनको छतमा चढ्न प्रतिबन्ध लगाएको...

दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर घाइते

२०७१ कार्तिक २१ गते ५:२१

लहान, २१ कात्तिक– पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहा र सप्तरीको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको बक्धुवा–७ मा ना ५ ख २५२५ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्री सप्तरीको जण्डौल–३ निवासी ४५...

श्रीमतीसमेत नलिई किन गए ज्ञानेन्द्र दिल्ली ?

२०७१ कार्तिक २१ गते ४:३७

काठमाण्डु, २१ कात्तिक- पूर्वराजा ज्ञानेन्द्र शाह आज भारत गएका छन् । शाह शुक्रबार दिउँसो साढे ४ बजे जेट एअरको जहाजबाट दिल्ली गएका हुन् । भ्रमण टोलीमा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिना, संवाद सचिव फणिराज पाठक, अंगरक्षक उद्धव रावल र शाही अर्दली हरिशरण थापा छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us