समाचार

किन गरे चलचित्र निर्देशक आलोक नेम्वाङले आत्महत्या ?

२०७१ कार्तिक २१ गते २:२९

काठमाण्डु, २१ कात्तिक– चलचित्र निर्देशक आलोक नेम्वाङले आत्महत्या गरेका छन् । उनले काठमाण्डुको धापासीस्थित आफ्नै अपार्टेमेन्टमा गएराति झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । नेम्वाङको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । उनको आत्हमत्याको कारण खुलेको छैन । घटनास्थलमा सुसाइट नोट...

एमालेमा नेतृत्वको चर्को आलोचना

२०७१ कार्तिक २१ गते २:१०

काठमाण्डु, २१ कात्तिक– एमाले सभासहरुले काँग्रेससंग सहमति गर्ने क्रममा संविधान निमार्णबारे पार्टीका पूर्ववत् धारणा परिवर्तन गरेको भन्दै नेतृत्वको आलोचना गरेका छन् । संसदीय दलको बिहीबारको बैठकमा उनीहरुले  चुनावमा जाँदा गरेको प्रतिबद्धतामा पार्टी अडिनु उपयुक्त हुने भन्दै अझै त्यसका लागि पहल गर्न नेतृत्वको ध्यानाकर्षण समेत...

अख्तियारलाई पनि टेरेनन् मेहताले

२०७१ कार्तिक २१ गते २:०४

काठमाण्डु, २१ कात्तिक– नेशनल ट्रेडिङ लिमिटेडका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अवज्ञा गर्दै कारबाहीमा परेका कर्मचारीलाई उन्मुक्ति दिएका छन् । ड्युटी फ्री सुविधाको रक्सी चोरी प्रकरणमा अख्तियारले लिमिटेडका चारजना कर्मचारीलाई विभागीय कारबाही गर्न निर्देशन दिएको थियो । कारबाहीका लागि सिफारिस...

नयाँबानेश्वेरमा जे देखियो

२०७१ कार्तिक २१ गते २:०१

काठमाण्डु, २१ कात्तिक– हाम्रो सिट्ठीलाई न सवारी चालकले मान्छन्, न त पैदल यात्रुले। गुडिरहेको गाडीअगाडि हात फैलाएपछि मात्रै रोकिन्छ । पैदलयात्रुलाई हातैले ठेलेर रोक्किलनुस् भन्नुपर्छ, राजधानीको व्यस्त चोक नयाँबानेश्वेरमा खटिएका एक ट्राफिक प्रहरी जवानले दु:ख पोखे । बिहान साढे नौदेखि दुई घण्टा बसेर नयाँबानेश्व...

काँग्रेसमा गुटैगुट, गुटैपिच्छेका भेला

२०७१ कार्तिक २१ गते १:५३

काठमाण्डु, २१ कात्तिक– संविधानसभा निर्वाचनपछि संविधानसभाको सबै भन्दा ठूलो दल बनेको नेपाली कांग्रेसभित्र गुटगत राजनीति मौलाउँदै गएको छ । निर्वाचनमा अन्तरघात गरेको विषयलाई लिएर एकथरि नेतामाथि अनुशासनको कारबाही चलाइएपछि बढेको असन्तुष्टिले जन्माएको गुटसँगै पदीय असन्तुष्टिका कारण पनि कांग्रेसभित्र नयाँनयाँ गुट निर्माण हुँदै गएको छ...

मोदीविरुद्द महामोर्चाको तयारी

२०७१ कार्तिक २१ गते १:४६

नयाँदिल्ली, २१ कात्तिक– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्र सरकारविरुद्द महामोर्चा बनाउन समाजवादी पार्टीका प्रमुख मुलायम सिंह यादवले नयाँदिल्लीस्थित निवासमा बिहीबार बृहत बैठक गरे । बैठकमा गैरभाजपा तथा गैरकांग्रेसी नेताको उपस्थिति थियो । मोदी र सरकारविरुद्द ठूलो आन्दोलन गर्ने र अभियान चलाउने उद्देश्यले मुलायम...

काँग्रेस–एमाले फेरि सहमतिमै फर्किए

२०७१ कार्तिक २० गते १४:४२

काठमाण्डु, २० कात्तिक– सत्तारुढ काँग्रेस–एमाले फेरि सहमतिमै संविधान जारी गर्नुपर्ने पक्षमा देखिएका छन् । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा उनीहरुले सहमतिमै संविधान जारी गर्ने पक्षमा आफूहरु रहेको बताएका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपाध्यक्षसमेत...

‘दिल्ली सत्तामा हामी फेरि आउनेछौं’– केजरीवाल

२०७१ कार्तिक २० गते १३:०३

एजेन्सी– सामाजिक कार्यकर्ताबाट राजनीतिमा आएर चर्चा बटुलेका अरविन्द केजरीवालले आफू फेरि दिल्लीको मुख्यमन्त्री भएर आउने दाबी गरेका छन् । आम आदमी पार्टीका प्रमुख समेत रहेका केजरीवालले बिहीबार दिल्लीमा बोल्दै भने, ‘आगामी पाँचदेखि दश वर्षसम्म हामी दिल्लीमै केन्द्रित हुनेछौं ।’ केजरीवालले दिल्लीभन्दा बाहेकका राज्यमा चुनाब...

खेलाडी उपाधि जितेकाे जित्यै, संस्थामा सधैं किचलो

२०७१ कार्तिक २० गते १२:५९

काठमाण्डु, २० कात्तिक – सरकारले क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)लाई विघटन गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले विनयराज पाण्डेको संयोजकत्वमा नयाँ तदर्थ समिति गठन गरेको हो । उपाध्यक्षमा श्रीहर्ष कोइराला र महासचिवमा रमेशकुमार सिलवाल चयन भएका छन् । क्यान अपारदर्शी र अव्यवस्थित भएको...

पूर्वसभासद्ले खुमबहादुलाई भनिन्– ‘होस गर्नुस्, बूढानीलकण्ठझैं ढल्नुहोला !’

२०७१ कार्तिक २० गते १२:३०

काठमाण्डु, २० कात्तिक – हिन्दु राज्य स्थापनाका लागि कांग्रेस नेता खुमबहादुर खड्काको नेतृत्वमा गरिएको घोषणा सभामा कांग्रेसकै नेताहरुले खुमबहादुरलाई चेतावनी दिए । पूर्वसभासद् कृष्णा अमात्यले ‘खबरदार ! खुमबहादुर खड्का, पार्टीभित्रका अरु नेता–कार्यकर्तासँग सल्लाह नै नगरी अघि बढ्न खोज्दा बूढानीलकण्ठझैं उत्तानो पर्नुहोला’ भन्दा हलमा हुटिङ...

प्रचण्ड भन्छन्, ‘अदालत र अख्तियारमा देउता होइन, भ्रष्टाचारी छन्’

२०७१ कार्तिक २० गते १२:१८

काठमाण्डु, २० कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालत पनि भ्रष्टाचारमुक्त नरहेको बताएका छन् । समयमै संविधान जारी गर्न माग राखेर ज्ञापनपत्र बुझाउन लाजिम्पाट पुगेका १३ विद्यार्थी संगठनका प्रतिनिधिसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेपालमा संस्थागत...

सार्क सम्मेलनका बुलेट प्रुफ गाडी राख्न व्यवसायीको टहरा भत्काइयो

२०७१ कार्तिक २० गते १२:१२

काठमाण्डु, २० कात्तिक – आगामी मङ्सिर १० र ११ गते आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको (सार्क) शिखर सम्मेलनमा पार्किङ स्थान निर्माणका लागि आज पुरानो बसपार्कमा रहेका ३४ टहरा भत्काइएको छ । काठमाण्डु महानगरपालिकाको कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले सार्क सम्मेलनको समयमा पार्किङको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us