समाचार

परीक्षाफल प्रकाशित

२०७१ कार्तिक २० गते १२:०७

काठमाण्डु, २० कात्तिक – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७० साल माघ- फागुन महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्ष (२०६९)को शोधपत्रबाहेक भूगोल विषयको परीक्षाको परीक्षाफल बिहिबार प्रकाशन गरिएको छ । उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.net.ntc / www.educationkhabar.com मा हेर्न...

सार्क सम्मेलन पछि आन्दोलन गर्ने सडक व्यवसायीहरुको चेतावनी

२०७१ कार्तिक २० गते १२:०१

काठमाण्डु, २० कात्तिक – आफ्ना मागहरु सरकारले संवोधन नगरेको विरोधमा संयूक्त स्वरोजगार व्यापार व्यवसायी समाज, नेपाल स्वरोजगार व्यापार श्रमिक संघ र राष्ट्रिय स्वरोजगार व्यापार संघले संयूक्त रुपमा सार्क सम्मेलन लगत्तै देशव्यापी आन्दोलन गर्ने भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजले...

मदिराले लठ्ठ पारेर ल्याप्चे लगाउँदै सिङगो बस्ती नै आफ्नो नाममा

२०७१ कार्तिक २० गते ११:४९

गोरखा, २० कात्तिक – गोरखा नगरपालिका एघारकिलोका शंकर धितालले गाउँलेहरूलाई रक्सी खुवाएर उनीहरूको नाउँमा रहेको जग्गा आफ्नो नाउँमा पास गरेको खुलासा भएको छ । गोरखा नगरपालिका–९ छेपेटार, छोप्राक ९ चोरकाटेका ५० जनाभन्दा बढी स्थानीय बासिन्दाको नाउँमा रहेको जग्गा धितालले आफ्नो नाउँमा पास गरेको रहस्य...

काँग्रेसको एजेण्डामा गएको भन्दै ओलीमाथि खनिए एमाले सभासद

२०७१ कार्तिक २० गते ११:०६

काठमाण्डु, २० कात्तिक– एमाले सभासद्हरुले निर्वाचन घोषणापत्र र पूर्वसहति र प्रतिबद्धताविपरीत संघीयता र शासकीय स्वरुपमा काँग्रेससँग सहमति गरेको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन् । संविधानसभा भवन नयाँबानेश्वरमा बिहीबार बसेको संसदीय दलको बैठकमा उनीहरुले आफ्ना एजेण्डा छाडेर काँग्रेसको एजेण्डामा गएको भन्दै अध्यक्ष केपी ओलीप्रति...

प्रचण्डले भने, ‘सुशील र केपी लचिलो भएका छन्’

२०७१ कार्तिक २० गते ११:०४

काठमाण्डु, २० कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको महत्वपूर्ण हिस्सा आफ्नो पार्टीलाई प्रक्रियाबाहिरै राखेर जारी गरिने संविधानले मुलुकको समस्या समाधान नहुने बताएका छन् । तोकिएकै समयमा संविधानसभाबाट संविधान जारी गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका १३ विद्यार्थी संगठनका प्रतिनिधिसँग कुरा गर्दै...

एमाले नेताका छोराले गरे भिरबाट फालेर शिक्षकको हत्या प्रयास

२०७१ कार्तिक २० गते १०:५२

भीमदत्तनगर, २० कात्तिक – एमाले दार्चुला जिल्ला अध्यक्ष रामदत्त जोशीका छोराले एक शिक्षकलाई कुटपिट गरी भिरबाट फालिदिएका छन् । अध्यक्ष जोशीका छोरा विक्रम जोशीको नेतृत्वको एक समूहले दार्चुलाको लेकम क्षेत्रमा लागेको जयपुर जात्रामा लटिनाथ उच्च माविका कम्प्युटर शिक्षक भुवन खत्रीलाई कुटपिट गरी नजिकै रहेको...

काँग्रेस –एमालेको प्रस्तावले देश मुठभेडमा जान्छ : महासङ्घ

२०७१ कार्तिक २० गते १०:५१

काठमाण्डु, २० कात्तिक – आदिवासी–जातीय–क्षेत्रीय महासङ्घले काँग्रेस र एमाले लगायतका दलले प्रस्तुत गरेको सङ्घीयता, निर्वाचन प्रणाली तथा व्यवस्थापिकाको संरचनाको प्रस्तावमा आफ्नो असहमति रहेको जनाएको छ । महासङ्घका महासचिव सुरेश आलेमगरले बिहिबार एक विज्ञप्ति जारी गर्दै उक्त प्रस्तावले मुलुकमा आदिवासी÷जनजाति, दलित, मधेसी, मुस्लिम, महिलालगायतका जाति...

ऋण तिर्न जनक शिक्षा सामाग्रीको जग्गा बेच्ने

२०७१ कार्तिक २० गते १०:४२

काठमाण्डु, २० कात्तिक – सरकारले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अचल सम्पत्ति बेच्ने तयारी गरेको छ । व्यवस्थापिका–संसद्को महिला, बालबालिका, समाज कल्याण तथा ज्येष्ठ नागरिक समितिको शिक्षा उपसमितिको बिहिबारको बैठकमा सो जानकारी दिइएको हो । उपसमितिले जनक शिक्षाका समस्यालगायतका विषयमा शिक्षामन्त्री चित्रलेखा यादव, शिक्षा...

अरुण तेस्रोको पीडीए नगर्न माओवादीको माग

२०७१ कार्तिक २० गते १०:१९

काठमाण्डु, २० कात्तिक –  नेकपा –  माओवादीले राष्ट्रघाती भन्दै अरुण तेस्रोको पीडीएप्रति आपत्ति जनाएको छ । महासचिव रामबहादुर थापा बादलले विज्ञप्ति जारी गरी राष्ट्रघाती प्रावधानहरु राखेर सम्झौता गर्न लागेको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ- ‘यदि देश विकासको लागि जलस्रोत परियोजनाहरु संचालन गर्ने...

सत्तापक्षको प्रस्ताव सहमति लत्याएर पेल्ने चालबाजी : कर्ण

२०७१ कार्तिक २० गते १०:११

काठमाण्डु , २० कात्तिक – सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले सत्तापक्षले अघि सारेको प्रस्ताव सहमतिलाई लत्याई विधी प्रक्रिया बाहिरबाट आएको आरोप लगाएका छन् । कर्णले सत्तापक्षको प्रस्ताव जनआन्दोलन, सशस्त्र युद्ध, मधेश र जनजाती आन्दोलनका उपलब्धिलाई संस्थागत हुन नदिने चाल भएकाले संविधान नबन्नेसमेत ठोकुवा गरे...

काँग्रेसको प्रस्ताव अन्तिम होइन, अत्तालिनु पर्दैन : केसी

२०७१ कार्तिक २० गते ९:५३

काठमाण्डु, २० कात्तिक – काँग्रेस नेता अर्जुननरसिंह केसीले संविधानका विवादित विषयमा सत्तारुढ दलले तयार पारेको प्रस्ताव आवश्यकताअनुसार परिमार्जन वा संसोधन हुनसक्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार अयोजना गरेको साक्षात्कारमा नेता केसीले आफूहरुको प्रस्ताव अन्तिम प्रस्ताव नभई छलफलको लागि ल्याएको प्रस्ताव भएकोले...

भाइलाई सभासदबाट फिर्ता बोलाउन कमल थापालाई दबाब

२०७१ कार्तिक २० गते ८:२५

काठमाण्डु, २० कात्तिक – राप्रपा नेपाल अध्यक्ष कमल थापाको कार्यशैलीप्रति रुष्ट चार भ्रातृ संगठन प्रमुखले गणेश थापालाई सभासदबाट फिर्ता बोलाउन आग्रह गरेका छन् । राप्रपा नेपाल युवा संघ सभापति सगुनसुन्दर लावतीसहित चार संगठनका अध्यक्षले विज्ञप्ति जारी गर्दै थापालाई युवा, विद्यार्थी तथा खेलकुद समन्वय विभागको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us