अरुण तेस्रोको पीडीए नगर्न माओवादीको माग

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते १०:१९ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक –  नेकपा –  माओवादीले राष्ट्रघाती भन्दै अरुण तेस्रोको पीडीएप्रति आपत्ति जनाएको छ ।

baidhyaमहासचिव रामबहादुर थापा बादलले विज्ञप्ति जारी गरी राष्ट्रघाती प्रावधानहरु राखेर सम्झौता गर्न लागेको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ- ‘यदि देश विकासको लागि जलस्रोत परियोजनाहरु संचालन गर्ने हो भने निर्यातमुखी होइन, आन्तरिक खपतमुखी परियोजनाहरु सञ्चालन गरियोस् भनी जोडदार माग गर्दछ ।’

लगानी बोर्ड र भारतीय कम्पनी सतजलसँग बुधबार मात्र अरुण तेस्रोको पीडीएमा सहमति भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us