समाचार

मोदी भेट्ने लक्ष्य लिएर भारत जाँदै छन् ज्ञानेन्द्र

२०७१ कार्तिक २० गते २:३१

काठमाण्डु, २० कात्तिक– पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने भएका छन्. । साताव्यापी भ्रमणका लागि ज्ञानेन्द्र शुक्रबार दिल्ली जान लागेको उनको निजी सचिवालयले जनाएको छ । खुमबहादुर खड्काको नेतृत्वमा काँग्रेसको एउटा खेमाले हिन्दू राष्ट्रका पक्षमा आन्दोलनको तयारी गरिरहेका बेला हुन लागेको उनको यो भ्रमणलाई...

अध्यक्ष छाडेर संरक्षक बन्न वैद्यलाई दबाब

२०७१ कार्तिक २० गते २:१८

काठमाण्डु, २० कात्तिक– नेकपा– माओवादीका सचिव नेत्रविक्रम चन्दले मोहन वैद्यलाई पार्टी अध्यक्षबाट बिदा दिई संरक्षक बनाउनुपर्ने प्रस्ताव गरेका छन् । अध्यक्ष वैद्यको राजनीतिक कार्यदिशामाथि फरक मत राखेका चन्दले पार्टीको आन्तरिक विवाद हल गर्न र नयाँ जनवादी क्रान्तिको बाटोमा अघि बढ्नका लागि वैद्यलाई संरक्षक बनाउनुपर्ने...

भूमिगत संघर्षको तयारीमा विप्लव

२०७१ कार्तिक २० गते २:१२

काठमाण्डु, २० कात्तिक– पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’ र सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा देखिएको राजनीतिक वैचारिक र संगठनात्मक टक्करले नेकपा–माओवादी विभाजनउन्मुख देखिएको छ । संस्थापन पक्षले अस्वीकार गरे पनि विप्लव समूहले आफ्नै संगठनात्मक संरचना तयार गरेर ‘सशस्त्र संघर्ष’को तयारी थालेको छ ।  १८...

कस्ता होलान् एसएलसी नै नदिई आईए पास गर्ने शिक्षक ?

२०७१ कार्तिक २० गते २:०८

पाल्पा, २० कात्तिक– पाल्पाका एक शिक्षकले जिल्ला शिक्षा कार्यालयमा अस्वाभाविक रुपमा राजीनामा बुझाएका छन् । पछिल्ला केही दिनमा २४ भन्दा बढी शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । राजीनामा दिने क्रम दिनदिनै बढ्दो छ । यसअघि यति ठूलो संख्यामा शिक्षकले राजीनामा दिएका...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७१ कार्तिक २० गते २:०३

विराटनगर, २० कात्तिक– पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारीमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलचालक पथरी–२ का ४७ वर्षीय मोतिहाङ राई रहेको प्रहरीले जनाएको छ । पूर्वबाट आइरहेको ग १ ख ४९४९...

फोरम अध्यक्षलाई किन दले कार्यकर्ताले कालोमोसो ?

२०७१ कार्तिक २० गते १:२५

सप्तरी, २० कात्तिक– मधेसी  जनअधिकार फोरम, नेपालका सप्तरी अध्यक्ष दिनेशकुमार यादवलाई राजविराजस्थित पार्टी कार्यालयमै कार्यकर्ताहरुले कालोमोसो दल्दै दुर्व्यवहार गरेका छन् । उक्त समूहले जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै कागजातहरुसमेत जलाइदिएको छ ।  अध्यक्ष यादवले एकलौटी रुपमा पार्टी चलाउन खोजेको र सप्तरीका ६ वटै...

३२ गाडी भाडामा, ६ वटा बुलेटप्रुफ ‘पैंचो’

२०७१ कार्तिक २० गते १:२१

काठमाण्डु, २० कात्तिक–आसन्न सार्क शिखर सम्मेलनमा विशिष्ट पाहुनाले प्रयोग गर्ने गरी भारतबाट भाडा तथा पैंचोमा गाडी काठमाण्डु लैजाने टुंगो भएको छ । ११ दिनका लागि प्रयोगमा आउने गाडी मंसिर ३ मा काठमाण्डु पुग्ने र १३ मंसिरमा दिल्ली फिर्ता हुनेछन् । गाडी सेवा–सुविधा र लजिष्टिकबारे...

राजधानीका नाकामा द्वन्द्वकाल सम्झाउने चेकिङ

२०७१ कार्तिक २० गते १:१६

काठमाण्डु, २० कात्तिक– आसन्न सार्क सम्मेलनलाई मध्यनजर गर्दै प्रहरीले उपत्यकामा सुरक्षा सतर्कता बढाएको छ । बाहिरी जिल्लाबाट आउने सवारीसाधनलाई प्रहरीले उपत्यका छिर्ने नाकामा द्वन्द्वकालको झल्को आउने गरी चेकिङ गर्न थालेको छ । प्रहरीले नागढुंगा, फर्पिङ, जागती र बालाजु नाकामा सवारीसाधनबाट सबै यात्रुलाई झारेर चेकिङ...

संविधानसभा अदालतले गर्‍यो एमाओवादी सभासदको निलम्बन फुकुवा

२०७१ कार्तिक १९ गते १५:२३

सप्तरी, १९ कात्तिक– एमाओवादी सभासद अशाेककुमार मण्डलको निलम्बन फुकुवा भएको छ । संविधानसभा अदालतले उनीविरुद्ध परेको रिट बुधबार खारेज गरेपछि मण्डलको निलम्बन स्वत: फुकुवा भएको हो । संविधानसभा अदालतका न्यायाधीशहरू कल्याण श्रेष्ठ, गिरिशचन्द्र लाल र सुशीला कार्कीको इजलासले आरोप प्रमाणित नभएको भन्दै मुद्दा खारेज...

बच्चा पाएर खेतमा फाल्ने अविवाहित युवती को ?

२०७१ कार्तिक १९ गते १५:०१

नवलपरासी, १९ कात्तिक– नवलपरासीको देउरालीमा बच्चा जन्माएर फालेको आरोपमा युवती पक्राउ परेकी छन् । देउराली–५ बेलुवाकी अविवाहित १९ वर्षीया युवतीलाई बच्चा जन्माएर फालेको आरोपमा प्रहरीले बुधबार फक्रेको हो । प्रहरीले युवतीको परिचय गोप्य राखेको छ । धान काटेको खेतको गह्रामा नवजात शिशु मेत फेला...

प्रचण्ड दाहाल प्रतिष्ठानको वंश धरोहर !

२०७१ कार्तिक १९ गते १४:३९

दमक, १९ कात्तिक– दाहाल प्रतिस्ठानले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई वंश धरोहर घोषणा गरेको छ । झापाको दमकमा भएको कार्यक्रममा प्रतिष्ठानले प्रचण्डलाई धरोहर घोषणा गरेको हो । कार्यक्रममा उनलाई दाहाल प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गरियो । कार्यक्रममा प्रचण्डले आफूहरुमाथि लागेको जातीय सदभावविरोधीको आरोपको...

विद्यालय हिँडेकी ८ वर्षीया बालिका ३४ वर्षीय पुरुषबाट बलात्कृत

२०७१ कार्तिक १९ गते १४:२५

कञ्चनपुर, १९ कात्तिक–  कञ्चनपुरको कृष्णपुर–४ की एक आठ  वर्षीया बालिका बलात्कृत भएकी छन् । कृष्णपुरस्थित घरबाट विद्यालय जाने क्रममा बालिकालाई कृष्णपुरकै ३४ वर्षीय नारद ताम्राकारले बलात्कार गरेको प्रहरीले जनाएको  छ । इलाका प्रहरी कार्यालय गुलरियाका इन्चार्ज प्रहरी नायब निरीक्षक वासुदेव अवस्थीले ताम्राकारले बालिकालाई सोमबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us