बच्चा पाएर खेतमा फाल्ने अविवाहित युवती को ?

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते १५:०१ मा प्रकाशित

नवलपरासी, १९ कात्तिक– नवलपरासीको देउरालीमा बच्चा जन्माएर फालेको आरोपमा युवती पक्राउ परेकी छन् ।

देउराली–५ बेलुवाकी अविवाहित १९ वर्षीया युवतीलाई बच्चा जन्माएर फालेको आरोपमा प्रहरीले बुधबार फक्रेको हो । प्रहरीले युवतीको परिचय गोप्य राखेको छ ।

धान काटेको खेतको गह्रामा नवजात शिशु मेत फेला परेपछि अनुसन्धानका क्रममा युवतीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
युवतीले भने जिउँदै बच्चा फालेको नभई मृत जन्मिएकाले फालेको दाबी गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us