कञ्चनपुर, १९ कात्तिक– कञ्चनपुरको कृष्णपुर–४ की एक आठ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
कृष्णपुरस्थित घरबाट विद्यालय जाने क्रममा बालिकालाई कृष्णपुरकै ३४ वर्षीय नारद ताम्राकारले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गुलरियाका इन्चार्ज प्रहरी नायब निरीक्षक वासुदेव अवस्थीले ताम्राकारले बालिकालाई सोमबार बिहान बलात्कार गरेको र साँझ मात्रै बालिकाका आफन्तले प्रहरीमा जानकारी गराएको बताए ।
आफन्तको जानकारीपछि प्रहरीले ताम्राकारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ताम्राकारले बलात्कार गरेको स्वीकारेका छन् ।