बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते २:०३ मा प्रकाशित

विराटनगर, २० कात्तिक– पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारीमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलचालक पथरी–२ का ४७ वर्षीय मोतिहाङ राई रहेको प्रहरीले जनाएको छ । पूर्वबाट आइरहेको ग १ ख ४९४९ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको राई सवार मे ३ प २४५५ नम्बरको मोटरसाइकललाई उर्लाबारी–५ ठक्कर दिएको थियो ।

राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि बसेका बेलबारी–२ का २९ वर्षीय माधव राई गम्भीर घाइते भएका छन् । टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us