३२ गाडी भाडामा, ६ वटा बुलेटप्रुफ ‘पैंचो’

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते १:२१ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक–आसन्न सार्क शिखर सम्मेलनमा विशिष्ट पाहुनाले प्रयोग गर्ने गरी भारतबाट भाडा तथा पैंचोमा गाडी काठमाण्डु लैजाने टुंगो भएको छ ।
११ दिनका लागि प्रयोगमा आउने गाडी मंसिर ३ मा काठमाण्डु पुग्ने र १३ मंसिरमा दिल्ली फिर्ता हुनेछन् ।

गाडी सेवा–सुविधा र लजिष्टिकबारे निर्णय गर्न दिल्ली आएका परराष्ट्र सह–सचिव खगनाथ अधिकारीले सार्क सम्मेलनको प्रयोजनमा ३२ वटा मर्सिडिज र बीएमडब्लु भाडासर्तमा र ६ वटा बुलेट–प्रुफ विशेष गाडी पैंचोस्वरुप काठमाण्डु लगिने सहमति भएको जानकारी दिए ।

भारतीय विदेश मन्त्रालयको समन्वयमा निजी क्षेत्रबाट लगिन लागेका ३२ गाडीको ११ दिनको प्रयोगबापत १ करोड ३५ लाख भारु ‘भाडाखर्च’ लाग्नेछ । यसबाहेक, नेपाली भूमीमा नेपाली चालकले यी गाडी कुदाउने प्रबन्धमा बिमा/सुरक्षाबापत थप खर्च लाग्न सक्ने देखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना साथमा २ वटा बुलेटप्रुफ गाडी लिएर जाने भएकाले बाँकी आवश्यक छ वटा गाडी भारतीय सरकारको सदासयतामा  ‘पैंचोस्वरुप’ लगिने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us