कस्ता होलान् एसएलसी नै नदिई आईए पास गर्ने शिक्षक ?

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते २:०८ मा प्रकाशित

पाल्पा, २० कात्तिक– पाल्पाका एक शिक्षकले जिल्ला शिक्षा कार्यालयमा अस्वाभाविक रुपमा राजीनामा बुझाएका छन् ।
पछिल्ला केही दिनमा २४ भन्दा बढी शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । राजीनामा दिने क्रम दिनदिनै बढ्दो छ । यसअघि यति ठूलो संख्यामा शिक्षकले राजीनामा दिएका थिएनन् ।
के कारणले यतिधेरै शिक्षकको राजीनामा आयो भन्नेबारे प्रष्ट भन्न नसक्ने शिक्षा कार्यालयले जनाएको छ । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लाका सबै शिक्षकको शैक्षिक योग्यतासहित अन्य प्रमाणपत्र माग गरेपछि राजीनामा दिने क्रम बढेको हो ।
केही शिक्षकले नक्कली प्रमाणपत्र पेस गरी जागिर  खाएको भन्ने आसयसहितको उजुरी आयोगमा परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
अख्तियारले अनुस्न्धान थालेपछि कारबाहीमा पर्ने डरले शिक्षकले राजीनामा दिएको हुनसक्ने अनुमान गरिएको छ ।
जिल्ला शिक्षा कार्यालयले संकलन गरेका प्रमाणपत्रमा केही शिक्षकले एसएलसी परीक्षा उर्त्तीण नै नगरी प्रमाणपत्र तह (आइए) उर्त्तीण गरेको पाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us