भाइलाई सभासदबाट फिर्ता बोलाउन कमल थापालाई दबाब

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते ८:२५ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक – राप्रपा नेपाल अध्यक्ष कमल थापाको कार्यशैलीप्रति रुष्ट चार भ्रातृ संगठन प्रमुखले गणेश थापालाई सभासदबाट फिर्ता बोलाउन आग्रह गरेका छन् ।

ganesh thapaराप्रपा नेपाल युवा संघ सभापति सगुनसुन्दर लावतीसहित चार संगठनका अध्यक्षले विज्ञप्ति जारी गर्दै थापालाई युवा, विद्यार्थी तथा खेलकुद समन्वय विभागको प्रमुखको जिम्मेवारी दिएकोमा समेत असन्तुष्टि जनाएका छन् ।

पार्टी अध्यक्ष थापाले सहोदर भाइलाई सभासद बनाएको र उनी भ्रष्टाचारको अभियोगमा संसदीय समितिको निगरानीमा रहेको भन्दै विज्ञप्तिमा सम्पूर्ण जिम्मेबारीबाट फिर्ता बोलाउन आग्रह गरेका छन् ।

साथै फुटबलको सर्वोच्च संस्था फिफाले समेत आर्थिक अनियमितताको आरोपमा निलम्बन गरेको व्यक्तिलाई सभासद बनाउनु हास्यास्पद भएको बताएका छन् ।

उनलाई सभासदबाट फिर्ता नबोलाए विवेकशून्य एकलौटी निर्णयको जिम्मेवारी पनि अध्यक्ष थापाले लिनु पर्ने उनीहरुले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us