काँग्रेस–एमाले फेरि सहमतिमै फर्किए

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते १४:४२ मा प्रकाशित

Three Parties Meetingकाठमाण्डु, २० कात्तिक– सत्तारुढ काँग्रेस–एमाले फेरि सहमतिमै संविधान जारी गर्नुपर्ने पक्षमा देखिएका छन् ।

बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा उनीहरुले सहमतिमै संविधान जारी गर्ने पक्षमा आफूहरु रहेको बताएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले सहमतिमै संविधान जारी गर्नुको विकल्प नरहेको बताए । ‘संविधान सहमतिमै जारी गर्ने हो, दलहरुबीच बिग्रिएको सम्बन्ध सुधार्न छलफल भएको हो, सहमति नभएसम्म छलफल गर्दै जाने भन्ने भएको छ ।’

बैठकमा एकीकृत माओवादीले भने सहमति वा प्रक्रिया के बाट जान चाहेको हो स्पष्ट पार्न काँग्रेस–एमालेलाई भनेका दिए । ‘एकातिर दुई दल मिलेर ल्याएको सात प्रदेशको प्रस्ताव अन्तिम हो, संवैधानिक समितिले अगाडि बढाउनुर्प भन्ने, अर्कोतिर सहमतिको पनि कुरा गर्ने ?’ एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘दोहोरो र अन्तरविरोधी कुरा गरेर भ्रममा पार्नु भएन ।’

उनले काँग्रेस–एमालेको सात प्रंदेशको प्रस्ताव संवैधानिक समितिले अघि बढाउन नसक्ने प्रष्ट्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us