सार्क सम्मेलनका बुलेट प्रुफ गाडी राख्न व्यवसायीको टहरा भत्काइयो

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते १२:१२ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक – आगामी मङ्सिर १० र ११ गते आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको (सार्क) शिखर सम्मेलनमा पार्किङ स्थान निर्माणका लागि आज पुरानो बसपार्कमा रहेका ३४ टहरा भत्काइएको छ ।

काठमाण्डु महानगरपालिकाको कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले सार्क सम्मेलनको समयमा पार्किङको स्थान कम हुने हुँदा सो स्टलहरू भत्काइएको बताए ।

बसपार्कमा रहेका ती स्टलहरूमा फलफूल, तरकारी, कपडालगायत बिक्री गरी साना व्यापारीहरूले आफ्नो गुजारा चलाउँदै आएका थिए ।

सार्क सम्मेलन सकिएपछि पुनः टहरा निर्माण गरी व्यापार गर्न पाउनेमा साना व्यापारीहरू आशावादी भए पनि महानगरपालिकाले भने टहरा फेरि निर्माण गर्ने वा नगर्ने बारेमा केही छलफल नभएको जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us