काँग्रेसमा गुटैगुट, गुटैपिच्छेका भेला

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते १:५३ मा प्रकाशित

NC-Flagकाठमाण्डु, २१ कात्तिक– संविधानसभा निर्वाचनपछि संविधानसभाको सबै भन्दा ठूलो दल बनेको नेपाली कांग्रेसभित्र गुटगत राजनीति मौलाउँदै गएको छ ।

निर्वाचनमा अन्तरघात गरेको विषयलाई लिएर एकथरि नेतामाथि अनुशासनको कारबाही चलाइएपछि बढेको असन्तुष्टिले जन्माएको गुटसँगै पदीय असन्तुष्टिका कारण पनि कांग्रेसभित्र नयाँनयाँ गुट निर्माण हुँदै गएको छ ।  पार्टीभित्रको गुटबन्दीको श्रृंखला हिन्दू राष्ट्र अभियानसम्म आइपुग्दा नयाँ स्वरुपमै देखिन थालेको छ ।

सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भई सजायसमेत काटिसकेका केन्द्रीय सदस्य खुमबहादुर खड्काको नेतृत्वले नयाँ गुटलाई क्रियासिल बनाउँदै पार्टीकै नाम जोडेर हिन्दू राष्ट्र अभियान चलाएपछि गुटको प्रत्यक्ष असर सिंगो पार्टीमै पर्न थालेको छ । कांग्रेसले सरकारको नेतृत्व गरेपछि देखिएको पदीय र लाभको प्रतिस्पर्धाबाट जन्मिएका गुटका कारण पार्टीको केन्द्रीय समिति बैठकसमेत बस्न सकेको छैन ।

नयाँनयाँ गुट निर्माणसँगै गुटगत भेला पनि तीव्र बनाइएको छ । खड्काले नेतृत्व गरेको गुटले बिहीबार हिन्दू राष्ट्र अभियानका नाममा गुटगत भेला र शक्ति प्रदर्शन गरेको छ । अनुशासनको कारबाही सिफारिस भएकी अर्की नेतृ सुजाता कोइरालाले पनि पार्टीभित्रको असन्तुषष्टि र कारबाही फुकुवाको दबाब दिन आफू नेतृत्वमा बेग्लै गुट निर्माण गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us