अख्तियारलाई पनि टेरेनन् मेहताले

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते २:०४ मा प्रकाशित

काठमाण्डु, २१ कात्तिक– नेशनल ट्रेडिङ लिमिटेडका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अवज्ञा गर्दै कारबाहीमा परेका कर्मचारीलाई उन्मुक्ति दिएका छन् ।

ड्युटी फ्री सुविधाको रक्सी चोरी प्रकरणमा अख्तियारले लिमिटेडका चारजना कर्मचारीलाई विभागीय कारबाही गर्न निर्देशन दिएको थियो ।

कारबाहीका लागि सिफारिस गरिएका कर्मचारीमध्ये एकजनालाई सम्पूर्ण सुविधासहित अवकाश दिइएको छ भने बाँकी तीनजनालाई आकर्षक ठाउँमा सरुवा गरिएको छ ।

अख्तियारले गत असोज ३ गते रामशाहपथस्थित बन्डेड वेयर हाउस तथा डिउटी फ्री सप सेन्टरका तत्कालीन कार्यालय प्रमुख प्रकाश पोखरेल, जिन्सी प्रमुख बिना प्याकुरेल, हालका जिन्सी प्रमुख विजयकुमार सिंह र केन्द्रीय कार्यालयका अधिकृत रोहितजंग राणालाई तत्काल विभागीय कारबाही गर्न निर्देशन दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us