एमालेमा नेतृत्वको चर्को आलोचना

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते २:१० मा प्रकाशित

uml officeकाठमाण्डु, २१ कात्तिक– एमाले सभासहरुले काँग्रेससंग सहमति गर्ने क्रममा संविधान निमार्णबारे पार्टीका पूर्ववत् धारणा परिवर्तन गरेको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।
संसदीय दलको बिहीबारको बैठकमा उनीहरुले  चुनावमा जाँदा गरेको प्रतिबद्धतामा पार्टी अडिनु उपयुक्त हुने भन्दै अझै त्यसका लागि पहल गर्न नेतृत्वको ध्यानाकर्षण समेत गराएका  छन् । एमालेले राज्यपुनर्संरचना, शासकीय स्वरुपलगायत विषयमा पूर्वधारणा परिवर्तन गर्दै काग्रेससंग सहमति गरेको थियो ।

संविधानसभाको संवैधानिक राजनीतिक  संवाद तथा सहमति समितमिा  काग्रेस–एमाले यसै साता पेस गरेको संयुक्त धारणामा साझा पहिचान झल्किने खालका सात प्रदेश र सुधारिएको संसदीय व्यवस्थामा जाने उल्लेख छ ।

तर एमालेले चुनावमा जाँदा बुहपहिचानसहितका सात प्रदेश र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको शासकीय स्वरुप  अपनाउने घोषणा गरेको थियो ।

यी दुवै अडान नछोड्नु राम्रो हुने भन्दै सभासद्हरुले नेतृत्वलाई दबाब दिएका छन् ।  पार्टीले गरेका निर्णयहरुमा अडिएर जान सक्दा  राम्रो हुन्छ भन्ने सुझाव सभासद्हरुको थियो’, सभासद् शेरधन राईले भने, ‘सात प्रदेश र त्यसको बुहपहिचानमा आधारित नामाकारण भनिएको थियो त्यसमै जानु उपयुक्त हुन्छ ।’

काँग्रेससंगको सहमतिमा साझा पहिचान झल्किने गरी सात प्रदेशको नामारण गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us