कार्यबाहक नपाएपछि सुशीललाई धम्क्याएर रामचन्द्रले खुवाए छोरालाई जागिर

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते ८:२१ मा प्रकाशित

काठमाण्डु, २१ कात्तिक – काँग्रेस उपसभापति रामचन्द्र पौडेलले एकपछि अर्को गर्दै तीन जना आफन्तलाई राजनीतिक नियुक्ति दिलाएर तुष्टि मेटेका छन् ।

Chintan Poudel१७ पटकसम्म प्रयास गर्दा पनि प्रधानमन्त्रीमा नपत्याइएका पौडेललाई पार्टीले कार्यवाहक सभापतिसमेत बनाउन आनाकानी गरेपछि प्रधानमन्त्री सुशील कोइरालासँग बार्गेनिङग गरेर छोरालाई जागिर खुवाएका छन् ।

प्रधानमन्त्री कोइरालाले सम्हालेको मन्त्रालय अन्तर्गतको कार्यालयमा आकर्षक जागिर खुवाउन सफल भएका हुन् । पेशाले इन्जिनियर छोरा चिन्तन पौडेलले अब ‘गरीव घरपरिवार पहिचान तथा परिचयपत्र वितरण समन्वय बोर्ड’ को कार्यकारी प्रमुखको रुपमा मासिक एक लाख ५० हजार थाप्नेछन् ।

मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले पौडेलपुत्र चिन्तनलाई गरिवी निवारण तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको बोर्डमा नियुक्ति गरेको हो ।

उपसभापति पौडेलका एक्ला छोरा चिन्तनलाई यसअघि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमा नियुक्तिको लागि दबाब परेको थियो । तर चिन्तनको कार्यअनुभव केन्द्रको विधान विपरित भएकाले जागिर खान पाएका थिएनन् ।

पौडेलले यसअघि आफ्ना ज्वाइँ परमेश्वर पोखरेललाई खानेपानी संस्थानको अध्यक्षमा नियुक्ति दिलाइसकेका छन् ।

त्यस्तै पौडेलले सम्धी युवराज भुसाललाई सचिवबाट अवकाश पाएकै दिन कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा नियुक्ति दिलाइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us