२२ दलले द्वन्द्व र अराजकता निम्त्याउन खोजे : मन्त्री बस्नेत

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते ७:०८ मा प्रकाशित

भक्तपुर, २१ कात्तिक – उद्योगमन्त्री महेश बस्नेतले २२ दलले जातीय राज्यको बीउ रोपेर देशमा जबर्जस्ती द्वन्द्व र अराजकता निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

mahesh basnetभक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको दोस्रो साधारण सभा तथा प्रथम जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मन्त्री बस्नेतले यस्तो आरोप लगाएका हुन् ।
संविधान निर्माणका क्रममा जातीय सङ्घीयताको प्रस्ताव ल्याएर प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चा संविधान बन्न नदिने र युद्ध निम्त्याउने खेलमा लागेको उनले बताए ।

काँगे्रस, एमालेले ल्याएको सात प्रदेशको प्रस्ताव राष्ट्रिय अखण्डता, शान्ति, समृद्धि र समयमै संविधान निर्माणका लागि भएको बताउँदै मुलुकलाई जबर्जस्ती जातीय सङ्घीयतामा लगिए सोमालिया जस्तो गृहयुद्धमा देश फस्ने मन्त्री बस्नेतले धारणा राखे ।

उनले व्यवसायीको हकहितको पक्षमा आफू रहेको बताउँदै सामाजिक सुधार विधेयकको नाममा व्यवसायीलाई अप्ठ्यारोमा पार्न नहुने औँल्याउँदै यसका बारेमा आफूले गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us