श्रीमतीसमेत नलिई किन गए ज्ञानेन्द्र दिल्ली ?

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते ४:३७ मा प्रकाशित

ganendraकाठमाण्डु, २१ कात्तिक- पूर्वराजा ज्ञानेन्द्र शाह आज भारत गएका छन् ।

शाह शुक्रबार दिउँसो साढे ४ बजे जेट एअरको जहाजबाट दिल्ली गएका हुन् । भ्रमण टोलीमा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिना, संवाद सचिव फणिराज पाठक, अंगरक्षक उद्धव रावल र शाही अर्दली हरिशरण थापा छन् । टोलीमा पूर्वरानी कोमलसहित परिवारका कोही पनि सहभागी छैनन् ।
राप्रपा नेपाल र नेपाली काँग्रेसको खुमबहादुर खड्का समूहले हिन्दू राज्यका लागि आन्दोलन चर्काउने घोषणा गरेको बेला भएकाे ज्ञानेन्द्रको दिल्ली भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनका संवाद सचिव फणिराज पाठकले भ्रमण विशुद्ध निजी भएको बताए ।

‘यो विल्कुलै निजी भ्रमण हो’, पाठकले काठमाण्डु टुडेसँग भने, ‘एक साता बस्ने भन्ने कुरा थाहा छ, त्यसबाहेक मलाई पनि केही जानकारी छैन ।’ ज्ञानेन्द्र दिल्लीबाट राजस्थान पुगेर स्वेदश फर्कने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us