काठमाण्डुु, २२ कात्तिक– विवादका कारण पटकपटक स्थगित हुँदै आएको एमाले केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
मध्याह्नपछि पार्टी मुख्यालय बल्खुमा बस्ने बैठकमा कार्यविभाजन, कार्ययोजना, संविधान निर्माण तथा पोलिट्ब्युरो र स्थायी समिति गठनलगायत एजेण्डामा छलफल हुने सचिव गोकर्ण विष्टले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा मनोमानी पार्टी चलाएको आरोप लगाउँदै आएको नेता माधवकुमार नेपाल पक्षले आजको बैठकमा कडा रुपमा पेस हुने तयारी गरेको छ ।
बैठक पटक पटक स्थगन भएपछि पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको टिप्पणी नेताहरूले गर्न थालेका छन् । कार्यैयोजना, संविधान निर्माण, रिपोर्टिङ, पीबी
असहमति संस्थागत निर्णैंय होइन, जनतामा जानका लागि डराए नेताहरु प्रत्यक्ष जान का लागि स्थिरता हुनथउये लोकपियता हुनथ्यो । यसअघिको बैठकमा नेता नेपालले ओली पार्टीको संस्थागत निर्णयविपरीत एकलौटी रुपमा अघि बढेको भन्दै
ध्यानाकर्षणपत्र दर्ता गराएका थिए । पछिल्लो पटक संविधान निर्माण सम्बन्धमा काँग्रेससँग भएको सहमतिलाई लिएर एमालेमा विवाद चर्किएको छ । चुनावी घोषणापत्रविपरीत पार्टी नेतृत्वले संसदीय प्रधानमन्त्रीमा सहमति गरेको भन्दै ओलीको चर्को आलोचना भएको छ । एमालेको चुनावी घोषणापत्रमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने उल्लेख थियो ।
जनताले निर्वाचनमार्फत अनुमोदन गरेको एजेण्डा पार्टीमा छलफलै नगरी परित्याग गरेको भन्दै नेपाल पक्ष क्रुद्ध छ । ‘अध्यक्षले एकलौटी र मनोमानी रुपमा जनताले अनुमोदन गरेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा छाड्ने सहमति गरेकामा हामी गम्भीर भएका छौं’, नेपाल पक्षधर एक नेताले काठमाण्डु टुडेसँग भने, ‘मुलुकको स्थिरताका लागि कार्यकारी प्रधानमन्त्री नै उपयुक्त हो, तर ओली कमरेड जनतामा जान डराएर काँग्रेसको एजेण्डामा सहमति जनाउनुभयो ।’