काठमाण्डु, २२ कात्तिक– एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाललाई पार्टीको तेस्रो बरियताको नेता प्रस्ताव गरेका छन् ।
नेपाल पक्षले एकलौटी रुपमा पार्टी चलाएको आरोप लगाइरहेका बेला मुख्यालय बल्खुमा शनिबार बसेको केन्द्रीय समिति बैठकमा ओलीले नेपाललाई तेश्रो वरियता दिने प्रस्ताव गरेका हुन् । एमाले विधानमा अध्यक्षपछि निवर्तमान अध्यक्ष वरिष्ठ नेताको हैसियतमा स्वत: दोश्रो बरियतामा रहने व्यस्था छ ।
ओलीको प्रस्ताव शुक्रबारै केन्द्रीय समितिले पारित गरेकाले ओली र खनालपछि नेपाल तेश्रो बरियताको नेता भएका छन् । यसअघि नेपाल केन्द्रीय सदस्यहरुको रोमा बस्ने गरेकामा शनिबार ओलीले आफूसँगै राखेका थिए ।