पोखरा, २३ कात्तिक – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउन सक्ने भन्दै हिमाली जिल्ला मुस्ताङमा पनि स्थानीय प्रशासनले सुरक्षा व्यवस्थाको तयारी गरेको छ । केही दिनदेखि तराईका जिल्लामा मोदीको सुरक्षा तयारी भइरहेको समाचार आइरहेका बेला हिमाली जिल्लामा पनि तयारी भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम...
एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो मन्त्री मण्डल विस्तारमा २१ जना नयाँ मन्त्री थपेका छन् । आइतबार चार जना क्याबिनेट मन्त्री, तीन जना बिनाविभागीय राज्य मन्त्री र १४ जना राज्यमन्त्री थपिएका हुन् । गोवाका पूर्व मुख्यमन्त्री मनोहर परिरकरसहित चार जनालाई मोदीले क्याबिनेट...
काठमाण्डु, २३ कात्तिक – प्रतिपक्षी २२ दलले देशव्यापी आमसभाका कार्यक्रम गर्दै सत्तारुढ दललाई दबाब दिइरहेका बेला सत्तारुढ दलले भने पत्रकार सम्मेलन गरेर विरोधीलाई धम्क्याउने तरिका रोजेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला र सत्तारुढ दोस्रो दल एमाले अध्यक्ष केपी शर्मा ओलीले संयुक्त...
सोलुुखुम्बु, २३ कात्तिक – सोलुखुम्बुबाट पाँचजना सभासद् बोकेको नेपाल एयरलाइन्सको जहाज दुर्घटना हुनबाट बचेको छ । आइतबार बिहान सोलुखुम्बुको सल्लेरीस्थित फाप्लु विमानस्थलबाट आधा दर्जन सभासद्सहित १५ जना यात्रु बोकी उडान सुरु गर्न लागेकोे विमानको इन्जिनमा अकस्मात समस्या आएपछि विमानस्थलमै अवतरण गरिएको थियो । उडानका...
काठमाण्डु, २३ कात्तिक – उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले माघ ८ गते नै संविधान आउने दाबी गरेका छन् । राजधानीमा आइतबार भएको ट्राफिक प्रशिक्षण कार्यक्रममा बोल्दै गौतमले सबैलाई सहमत गराएरै माघ ८ गतेभित्र संविधान जारी गर्ने दाबी गरेका हुन् । ‘नेपालका ट्राफिक प्रहरीका लागि...
चितवन, २३ कात्तिक – चितवनको भरतपुरमा आज बिहान सवारी दुर्घटना हुँदा २४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस तीव्रगतिमा रहेका कारण दुर्घटना भएको प्रहरीले आशङ्का गरेको छ । नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको ना४ख ५६६० नम्बरको...
गोरखा, २३ कात्तिक – गोरखाको लक्ष्मीबजारमा स्थानीय बासिन्दा र प्रहरीबीच झडप हुँदा एक प्रहरी जवानसहित एक दर्जनभन्दा बढी स्थानीय बासिन्दा घाइते भएका छन् । गोरखाका यातायात व्यवसायीले स्थानीय यात्रुलाई गाडीमा यात्रा गर्न नदिएको विरोधमा सडकमा बन्द गर्दै आएका स्थानीय बासिन्दा र प्रहरीबीच आज बिहान...
कलैया, २३ कात्तिक – पाँच-पाँच वर्षमा लाग्ने गढीमाईको मेलामा पशुबली रोक्न युरोपेली संघले आग्रह गरेको छ । बारा जिल्लाको बरियारपुरस्थित प्रसिद्ध गढीमाईको मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा चढाइने पशुबलि रोक्न भन्दै युरोपेली महासङ्घका मुलुकहरुले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको...
गाईघाट, २३ कात्तिक – सवारी दुर्घटना कम गर्ने भन्दै उदयपुरमा युवतीहरुलाई गाडी चालकसँग बस्न रोक लगाउने निर्णय गरिएको छ । जिल्लाको कटारी क्षेत्रबाट सञ्चालन हुने ठूला तथा साना सम्पूर्ण सवारी साधनमा चालक नजिकको सिटमा युवती बस्न नपाउने निर्णय गरिएको हो । हिमाली यातायात व्यवसायी...
काठमाण्डु, २३ कात्तिक– कलैया नगरपालिका–८ की ८ वर्षीया बालिकालाई अज्ञात व्यक्तिले शनिबार बलात्कार गरेका छन् । बालिका कञ्चन ठाकुर लोहारको मृत्यु भएको छ । शनिबार साँझ चाउचाउ किन्न पसल गएकी बालिकालाई अज्ञात व्यक्तिले कलैया अस्पतालको पछाडि बलात्कार गरेका थिए । छोरी हराएपछि अभिभावकहरुले प्रहरीमा...
भीमदत्तनगर, २३ कात्तिक – कन्चनपुर जिल्लामा प्राकृतिक प्रकोपले कृषि तथा पशुपालनका क्षेत्रमा मात्रै पाँच करोड रुपैंयाभन्दा बढीको क्षति पुर्याएको छ । जिल्लामा यस वर्ष बाढी पहिरो, चट्याङलगायतका प्रकोपबाट पशुपालनतर्फ सबैभन्दा बढी क्षति भएको जिल्ला पशुसेवा कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला पशुसेवा कार्यालयले सङ्कलन...
विराटनगर, २३ कात्तिक – पूर्वाञ्चलका दुई जिल्ला सोलुखुम्बु र भोजपुरमा भएको आगलागीबाट रु ११ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले आज दिएको जानकारीअनुसार सोलुखुम्बुको जुबु –७ मा दुर्गाबहादुर बस्नेतको ढुङ्गा माटोको दुईतले घरमा शनिबार राति आगलागी हुादा...