कलैयामा ८ वर्षीया बालिका बलात्कृत, बलात्कारपछि बालिकाको मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक २३ गते ७:४८ मा प्रकाशित

काठमाण्डु, २३ कात्तिक– कलैया नगरपालिका–८ की ८ वर्षीया बालिकालाई अज्ञात व्यक्तिले शनिबार बलात्कार गरेका छन् । बालिका कञ्चन ठाकुर लोहारको मृत्यु भएको छ ।

balatkar

शनिबार साँझ चाउचाउ किन्न पसल गएकी बालिकालाई अज्ञात व्यक्तिले कलैया अस्पतालको पछाडि बलात्कार गरेका थिए । छोरी हराएपछि अभिभावकहरुले प्रहरीमा खबर गरेका थिए । प्रहरीले अस्पतालको पछाडि मूच्र्छित अवस्थामा बालिकालाई भेट्टाएको थियो ।

बालिकाकाे उपचारका लागि तत्काल वीरगंजकाे नारायणी अस्पतालमा लगिए पनि बालिकाको मृत्यु भइसकेको थियो । आठ वर्षीया बालिका बलात्कार गर्ने व्यक्तिको प्रहरीले खोजी गरिरहेको जनाएकाे छ ।

पछिल्ला दिनमा बलात्कारका घटना बढिरहेका छन् । त्यसमा पनि बालिका बलात्क्रित भएका समाचार आइरहेका छन् ।

अघिल्लो साता मात्रै दाङमा तुलसीपुरमा पाँच वर्षीया बालिका बलात्कृत भएकी थिइन् । चुइंगम खुवाउने लोभ देखाएर बालिकालाई बलात्कार गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us