नेपालको बली रोक्न युरोपको पत्र

काठमाण्डु टुडे २०७१ कार्तिक २३ गते ८:५७ मा प्रकाशित

कलैया, २३ कात्तिक – पाँच-पाँच वर्षमा लाग्ने गढीमाईको मेलामा पशुबली रोक्न युरोपेली संघले आग्रह गरेको छ । बारा जिल्लाको बरियारपुरस्थित प्रसिद्ध गढीमाईको मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा चढाइने पशुबलि रोक्न भन्दै युरोपेली महासङ्घका मुलुकहरुले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
eu
विश्वमै सबैभन्दा बढी बलि चढ्ने गढीमाईको मेला मङ्सिर १२ र १३ गते हुँदैछ । गढीमाईमा चढाइने पशुबलिबारे युरोपेली सङ्घका राजदूतहरुले परराष्ट्र मन्त्रालयमार्फत बलि रोक्न गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय बारामा पत्र पठाएका थिए ।

गृह मन्त्रालयको पत्रअनुसार जिल्ला प्रशासन कार्यालय बाराले गढीमाई मन्दिर संरक्षण तथा विकास समिति, नेपाल पत्रकार महासङ्घ बारा र सरोकारवालाहरुलाई समेत गृह मन्त्रालयबाट प्राप्त पत्रका विषयमा जानकारी गराएको छ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us