काठमाण्डु, २४ कात्तिक – मकवानपुरको बसामाडीमा गत कार्तिक १५ गते विहान भएको सवारी दुर्घटनावारे आफूलाई विनाकसुर एकपक्षीय ढंगले मुछेर समाचार सम्प्रेषित भएको भन्दै शूभश्री यातायातका सञ्चालक तथा पूर्व–पश्चिम यातायात व्यवसायी संघका अध्यक्ष नविन रेग्मीले आपत्ति जनाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन...
नुवाकोट , २४ कात्तिक – जिल्लाको चौघडा गाविसको लिखु खोलामा बाबुछोरा मृत अवस्थामा भेटिएका छन् । चौघडा–४ आपचौरका ५५ वर्षीय विष्णुबहादुर राई र उनका आठ वर्षीय छोरा प्रवीणको शव लिखुखोलामा सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोलामा डुबेको अवस्थामा शव...
महोत्तरी, २४ कात्तिक – महोत्तरीको गौशालामा रहेको सहयोगी विकास बैंकको ५० लाख लुट्ने गिरोहमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी फूलकाहा–८ जमुनियाका ३६ वर्षीय प्रमोद चौधरी रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घटनामा चौधरीको समेत संलग्नता रहेकाले निजलाई घरबाटै...
काठमाण्डु, २४ कात्तिक– एउटा कोठा छ । भित्तामा काँग्रेस संस्थापक स्वर्गीय बिपी कोइरालाको तस्वीर भुण्डिएको छ । वस्तीर सँगैको सानो र्याकमा कदरपत्र, मायाको चिनो र नेपालको झण्डा छ । त्यसैको मुनि तीनवटा व्यक्ति छन् । दुई जना आाखा जुधाएर कुरा गरिरहेका छन् । एक...
काठमाण्डु, २४ कात्तिक – नेपाली काँग्रेसको भातृसंगठन नेविसंघका असन्तुष्ट पक्षले आगामी कार्तिक ३० गतेदेखि हुने महाधिवेशन विधिसम्वत रुपमा गराउनुपर्ने माग गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महाधिवेशन गर्ने नाममा भागबण्डाको आधारमा खेताला खटाएर प्रतिनिधिहरुको नामावली पार्टी समक्ष पठाउने जस्ता अवैधानिक...
काठमाण्डु, २४ कात्तिक – राप्रपा नेपालले पुनः सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र कायम गर्ने उद्देश्यले आगामी पुस ९ गतेदेखि ११ दिन लामो ‘मेची–महाकाली, पशुपतिनाथ हिन्दूराष्ट्र सकल्प रथयात्रा’ सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीकेन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी अध्यक्ष कमल...
काठमाण्डु, २४ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालाले आगामी माघ ८ गतेभित्र नयाँ संविधान बन्ने यात्रालाई रोक्नु सूर्यलाई हत्केलाले छेक्नुसरह हुने बताएका छन् । सर्वमान्य नेता गणेशमान सिंहको जन्म शताब्दीका अवसरमा ‘गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठान’ द्वारा सोमबार शान्तिवाटिकामा आयोजित सम्मान कार्यक्रममा...
चितवन , २४ कात्तिक – पूर्वी चितवनको वीरेन्द्रनगरका एक बालकको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार धादिङ घर भई मजदुरी गर्दै आएका २० वर्षीय महेन्द्रथिङ तामाङलाई पक्राउ गरिएको हो । उनलाई आफ्नो गृह जिल्लामै लुकिरहेको स्थानबाट...
सोलुखुम्बु, २४ कात्तिक – सगरमाथा र आमाडब्लम हिमालको आधार शिविरमा इन्टरनेटको वाइफाई सेवा सञ्चालन भएको छ । एभरेष्ट लिङ्कले जिल्लाको खुम्बु क्षेत्रमा इन्टरनेट जडान गर्ने क्रममा ती हिमालको आधारशिविरमा समेत इन्टरनेट सेवा प्रदान गरेको हो । यस्तै जिल्लाको नाम्चे, खुम्जुङका साथै पर्यटकीय बस्तीहरु गोक्यो,...
काठमाण्डु, २४ कात्तिक – नेपाल राष्ट्र सेवा दल राप्रपा नेपालमा समायोजन भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार भएको एक औपचारिक समारोहमा राप्रपा नेपाल अध्यक्ष कमल थापाले सो दललाई पार्टीमा समायोजन गरेका हुन् । समारोहमा अध्यक्ष थापाले राष्ट्र सेवा दलको प्रवेशले बलियो र...
काठमाण्डु, २४ कात्तिक– थाइल्याण्डमा लागुऔषध मुद्दा खेपिरहेका पूर्वयुवराज पारस शाहले आफ्नी थाई प्रेमिकाको व्यवहारप्रति असन्तुष्टि पोखेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रेमिका कन्निका चाइसानको व्यवहारले दु:खी भएको संकेत गरेका छन् । पारस केही समयअघि लागुऔसत जाँजासहित पक्राउ परेका थिए । २० लाख नेपाली...
काठमाण्डु, २४ कात्तिक– एमाओवादी नेता एवम् संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराई स्वस्थ भएका छन् । टाइफाइडबाट थलिएका भट्टराईको स्वास्थ्यमा सुधार आएको उनका सहयोगी विश्वदिप पाण्डलेले जानकारी दिए । यद्यपि भट्टराईलाई चिकित्सकले केही दिन घरमै आरा मगर्न सुझाव दिएका छन् ।...