टाइफाइडले थलिएका भट्टराई तंग्रिए, राजनीतिक दौडधुप सुरु

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते ५:३३ मा प्रकाशित

baburam bhattaraiकाठमाण्डु, २४ कात्तिक– एमाओवादी नेता एवम् संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराई स्वस्थ भएका छन् ।

टाइफाइडबाट थलिएका भट्टराईको स्वास्थ्यमा सुधार आएको उनका सहयोगी विश्वदिप पाण्डलेले जानकारी दिए । यद्यपि भट्टराईलाई चिकित्सकले केही दिन घरमै आरा मगर्न सुझाव दिएका छन् ।

तर भट्टराई भने चिकित्सकको सल्लाहको बेवास्ता गर्दै राजनीतिक दौडधुप सुरु गरेका छन् । उनले सोमबार बिहान प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार र संविधानसभा र संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग अवरुद्ध संविधान निर्माण प्रक्रियाबारे परामर्श गरेका छन् ।

राजनीतिक समितिमा रहेको अवरोध हटाउने उपायबारे उनले नेताहरुसँग टेलिफोन वार्ता गरेका थिए । कोइराला र ओलीले संवैधानिक समितिको अवरोध हटाउन भट्टराईलाई आग्रह गरेका थिए ।

जवाफमा उनले आफू निकासका लागि सकारात्मक रहेको बताएका छन् । काँग्रेस–एमालेले आफूहरुले अघि सारेको सात प्रदेशको प्रस्ताव संवैधानिक समितिमार्फत छलफलका लागि संविधानसभामा लैजानुपर्ने अडान लिएका छन् ।

एमाओवादीसहित मधेस केन्द्रित दलले दलीय एजेण्डाबारे संविधानसभामा छलफल हुन नसक्ने अडान लिएपछि भट्टराई अप्ठेरोमा परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us