बैंक लुट्ने गिरोहका एकजना पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते ९:०४ मा प्रकाशित

महोत्तरी, २४ कात्तिक – महोत्तरीको गौशालामा रहेको सहयोगी विकास बैंकको ५० लाख लुट्ने गिरोहमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी फूलकाहा–८ जमुनियाका ३६ वर्षीय प्रमोद चौधरी रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

घटनामा चौधरीको समेत संलग्नता रहेकाले निजलाई घरबाटै पक्राउ गरेको प्रहरी निरीक्षक रमेश सुवेदीले जानकारी दिए ।

सहयोगी विकास बैंकको प्रधान कार्यालय जनकपुरबाट शाखा कार्यालय गौशालाका लागि ल्याउँदै गरेको ५० लाख महोत्तरीको गौशाला–८ नवराजपुरबाट चारजनाको समूहले लुटपाट गरी फरार भएका थिए । उक्त घटनामा संलग्न रहेको तीनजनालाई यसअघि प्रहरीले पक्राउ गरिसकेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us