हिन्दू राष्ट्र बनाउन कमल थापा रथ चढ्ने

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते ७:५३ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक – राप्रपा नेपालले पुनः सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र कायम गर्ने उद्देश्यले आगामी पुस ९ गतेदेखि ११ दिन लामो ‘मेची–महाकाली, पशुपतिनाथ हिन्दूराष्ट्र सकल्प रथयात्रा’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

Kamal thapaपार्टीकेन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा केन्द्रीय पदाधिकारी तथा सदस्य, ७५ जिल्लाका जिल्ला अध्यक्ष, भ्रातृ सङ्गठनका संयोजक, क्षेत्रीय अध्यक्ष रहेको मूल आयोजक समिति गठन गरेको पार्टी कार्यालयले जनाएको छ ।

मेचीको काँकरभिट्टाबाट सुरु हुने रथयात्रा महाकाली पुगेर काठमाण्डु आई पशुपतिनाथमा पुगेर समापन हुनेसमेत बैठकले निर्णय गरेको छ ।

रथयात्राको क्रमशः मेची र महाकाली नदीको जल पशुपतिनाथमा चढाई वाग्मती नदीमा मिश्रण गर्ने कार्यक्रम तय भएको सहायक प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us