राष्ट्र सेवा दल राप्रपा नेपालमा विलय

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते ६:२२ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक – नेपाल राष्ट्र सेवा दल राप्रपा नेपालमा समायोजन भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार भएको एक औपचारिक समारोहमा राप्रपा नेपाल अध्यक्ष कमल थापाले सो दललाई पार्टीमा समायोजन गरेका हुन् ।

Rpp nepalसमारोहमा अध्यक्ष थापाले राष्ट्र सेवा दलको प्रवेशले बलियो र सशक्त राष्ट्रवादी प्रजातान्त्रिक पार्टी निर्माण गर्ने राप्रपा नेपालको अभियानलाई थप मजबुद बनाउने विश्वास व्यक्त गरे ।

सेवा दलका अध्यक्ष सूर्यप्रसाद घिमिरेले नेपाललाई पुन: सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र बनाउने राप्रपा नेपालको अभियानलाई छरिएर होइन संगठित भएर लाग्नु पर्नेमा जोड दिए ।

समायोजन समारोहमा सेवा दलका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु लगायत कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us