थाई प्रेमिकालाई घुर्की लगाएर पारसले फेसबुकमा के लेखे ?

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते ५:४७ मा प्रकाशित

Paras-shahकाठमाण्डु, २४ कात्तिक– थाइल्याण्डमा लागुऔषध मुद्दा खेपिरहेका पूर्वयुवराज पारस शाहले आफ्नी थाई प्रेमिकाको व्यवहारप्रति असन्तुष्टि पोखेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रेमिका कन्निका चाइसानको व्यवहारले दु:खी भएको संकेत गरेका छन् । पारस केही समयअघि लागुऔसत जाँजासहित पक्राउ परेका थिए ।

२० लाख नेपाली रुपैयाँ धरौटी बुझाएर छुटेलगत्तै उनले आफूलाई प्रमिकाको भाईले फसाएको फेसबुकबाटै सार्वजनिक गरेका थिए । पारसले अस्पष्ट शब्दमा अब सम्बन्ध अघि बढाउने वा नबढाउने भन्नेबारेमा स्पष्ट गर्न चाइसानलाई भनेका छन् ।

‘कि पछि लाग कि अघि बढ । कोही मानिस नेतृत्व गर्नका र कोही कसैको पछि हिंड्न जमिन्छन् । यो कुरा मनन गर्ने बित्तिकै जीवनले राम्रो मोड लिन्छ । तथ्यहरू सधैं तथ्य नै हुन्छन् । कसैलाई मन पर्दैन भन्दैमा तथ्य परिवर्तन गर्न सकिन्न ।’
प्छिल्लो समय पारस फेसबुकमा छाउन थालेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us