संविधान लेख्न छाडेर दिसा गर्न सिकाउँदै हिंडेका छन् सभासद

काठमाण्डु टुडे २०७१ कार्तिक २३ गते २:११ मा प्रकाशित

ललितपुर, २३ कात्तिक–   बडिखेल गाविसलाई शनिबार खुला दिसामुक्त गाविस घोषणा गरिएको छ ।

गाविसको कार्यालय बडिखेल, सहरी विकास व्यवस्थापन समाज (युम्स) लगायतका संघ/संस्थाको संयुक्त आयोजनामा गाविसका सचिव महेशकृष्ण महर्जनले खुला दिसामुक्त गाविस घोषणा गर्दै त्यहाँका सबै जनतालाई शनिबारदेखि खुला दिसा नगर्ने वाचा गराए ।

‘सुन्दर, सफा, हरियाली गाउँ अभियान, यही हो हाम्रो गाउँ, बडिखेलको पहिचान’ भन्ने नाराका साथ पदयात्रा, संस्कृतिक कार्यक्रमसहित खुला दिसामुक्त गाविस घोषणा गरिएको हो ।  सो गाविस ललितपुर जिल्ला सदरमुकामबाट १२ किमी दक्षिणपूर्वी दिशामा अवस्थित छ ।
कार्यक्रममा सभासद् उदयशम्शेर र सुशीला नेपालले गाउँलाई सफा र सुन्दर बनाउन घोषणाले सहयोग पु¥याउने र यस अभियानलाई सार्थक बनाउन स्थानीय जनताले ध्यान दिनुपर्नेमा जोड दिए । स्थानीय विकास अधिकारी पशुपति पोखरेलले आफ्नो गाउँको सरसफाइ राख्ने आफ्नो दायित्व एवं कर्तव्य सबैले पालना गर्न आग्रह गरे ।

ललितपुर जिल्लामा ४१ मध्ये हालसम्म १५ गाविस खुला दिसामुक्त घोषणा भइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us