लाइसेन्स लिन एसएलसी पास अनिवार्य

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते ४:४८ मा प्रकाशित

चितवन, २४ कात्तिक– सरकारले सवारी चालक अनुमतिपत्र लिनका लागि अनिवार्य एसएलसी पास भएको हुनुपर्ने व्यवस्था लागू गर्ने भएको छ ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ल्याउन लागिएको नया“ योजनामा उक्त प्रावधान राख्न लागिएको हो ।

भौतिक योजना तथा निर्माण र यातायातमन्त्री विमलेन्द्र निधिले सडक दुर्घटना कम गर्न सरकारले नया“ रणनीति ल्याउन लागेको बताए ।

नेपाल प्रेस युनियन चितवनले सोमबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले दुर्घटनामा सबैभन्दा बढी दोषी चालक हुने गरेकाले न्युनतम योग्यता तोक्न लागिएको जानकारी दिए ।

सवारी चालक अनुमतिपत्र दि“दा शैक्षिक योग्यता कम्तीमा एसएलसी उत्तीर्ण गरेको हुनुपर्ने, उमेर २५ वर्ष पुगेको हुनुपर्ने र सवारीसाधनको किसिमको आधारमा छुट्टाछट्टै अनुमतिपत्र दिने विषयमा गृहकार्य भइरहेको जानकारी उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us