एक कल फोन गर्न दुई घण्टा लाइन ?

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते २:४१ मा प्रकाशित

म्याग्दी– जिल्लाको दुर्गम गुर्जा गाविसका बासिन्दा एक कल फोन गर्नका घन्टौं लाइन बसेर पालो पर्खनुपर्ने बाध्यतामा छन् ।

जिएसएम, स्काइफोन, एनसेललगायत मोबाइल फोनको सुविधा नभएको गुर्जामा जडित भिस्याट प्रविधिको फोनमार्फत देश विदेशमा रहेका आफन्तसाग कुरा गर्नेहरु घन्टाौ लाइन बस्ने गरेका हुन् ।

फोन सेटको सङ्ख्या थोरै भएकाले एक कल फोन गर्न दुई घन्टासम्म पालो कुरेर लाइन बस्नुपर्ने समस्या रहेको गुर्जा गाविस सचिव विष्णुप्रसाद शर्माले जानकारी दिए । नेपाल टेलिकमले गुर्जामा चार लाइन भिस्याट प्रविधिको फोन जडान गरेको छ ।

एउटा लाइन स्थानीय जनकल्याण माविमा र अन्य तीन लाइन सर्वसाधारणको सुविधाका लागि स्थानीय व्यवसायीले जडान गरेका छन् । फोनमा कुरा गर्न अनुकूल मौसम कुर्नुपर्छ । घाम नलागेको र मौसममा गडबडी हुादा फोन चल्दैनन् ।

गाविस कार्यालयका अनुसार २ सय ६० घरधुरी रहेको गुर्जामा एक हजार ३ सय ६० जनसङ्ख्याको बसोस रहेको छ । जिल्ला सदरमुकाम बेनीबाट दुई दिन हिाडेपछि पुगिने गुर्जामा मोबाइल सेवा विस्तार गर्न नेपाल टेलिकमसाग पहल भइरहेको गाविस सचिव शर्माले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us