काठमाण्डु, २४ कात्तिक– तीनजनाको ज्यान जाने गरी बबरमहलमा भएको सडक दुर्घटनाका चालक चन्द्रबहादुर तामाङविरुद् काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले तामाङलाई १० वर्ष जेल सजाय माग गरेको मुद्दा दायर गरेको अदालतका स्रेस्तेदार श्रीप्रसाद सञ्जेलले जानकारी दिए ।
प्रहरी अनुसन्धानले मादक पदार्थ सेवन गरी तामाङले तीव्र गतिमा गाडी चलाएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।
सिन्धुपाल्चोकका तामाङलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१९२० र दफा १६२९१० अनुरूप सजाय माग गरिएको छ ।
दफा १६१९२० मा लापरबाहीले ज्यान गएको अवस्थामा दुईदेखि १० वर्षसम्म कैदको व्यवस्था छ भने दफा १६२९१० मा अंगभंग भएमा आठ वर्षसम्म कैदको व्यवस्था छ ।