सुरक्षित गर्भपतनप्रति महिला आकर्षित

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते २:५० मा प्रकाशित

रौतहट, २४ कात्तिक– जिल्लाको ग्रामीण भेगका महिलामा स्वास्थ्य चेतनाबारे क्रमिकरुपमा चेतना बढ्दै गएको पाइएको छ ।

महिला प्रजनन स्वास्थ्यका बारेमा दिनप्रतिदिन जागरुक समेत हुादै गएका छन् । गत आवमा रौतहटको चन्द्रनिगाहपुर अस्पताललगायत सातवटा गाविसका स्वास्थ्य चौकी तथा हेल्थपोस्टमा गरी  दुई हजार महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

विगत दुई वर्षदेखि आइपास नामक संस्थाले जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्दै आएको सो संस्थाका कार्यक्रम अधिकृत ओमनारायण झाले बताए ।

उहााका अनुसार चन्द्रनिगाहपुर अस्पताल, डुमरिया मटिऔन, राजपुरफरहद्वा, कनकपुर, पिप्रापरोहा, सिपीपिपरिया, वसतपुर, सिर्सिया हेल्थपोस्टमा सुरक्षित गर्भपतन सेवा सञ्चालन हुादै आएको छ । त्यहाँ रहेका स्वास्थ्यकर्मीसाग ग्रामीण भेगका महिला सुरक्षित गर्भपतन सेवा तथा परामर्श लिन जाने गरेका छन् ।

असुरक्षित गर्भपतनका कारण गर्भवती महिलाको अकालमा ज्यान जाने गरेकोमा सुरक्षित गर्भपतनको सेवाको पहुाचमा वृद्धि गर्न स्वास्थ्य मन्त्रालयअन्तर्गत परिवार स्वास्थ्य महाशाखालाई आइपास नामक संस्थाले प्राविधिक सहयोग पुर्‍याउादै आएको चिकित्सक इन्दिरा बस्नेतले जानकारी दिए ।

सुरक्षित गर्भपतनले कानुनी मान्यता पाए तापनि रौतहटको ग्रामीण भेगमा अझै जनचेतना फैलन नसक्दा कयाौ महिलाको अकालमा ज्यान जाने गरेको पाइएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us