किन गए प्रचण्ड सपरिवार रोल्पा ?

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते २:२८ मा प्रकाशित

prachandaकाठमाण्डु, २४ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहानै राजधानीबाट रोल्पाका लागि हिंडेका छन् ।

प्रचण्ड पत्नी सीता, छोरा प्रकाशका साथै महासचिव कृष्णबहादुर महरा, सचिव वर्षमान पुन ‘अनन्त’, नन्दकिशोर पुन ‘पासाङ’ लगायत नेताका सडकमार्गबाट रोल्पा गएका हुन् । उनले एक साता रोल्पामा बिताउने छन् ।

त्यस क्रममा प्रचण्ड जनयुद्धकालमा आफू बसेको सेल्टर र महत्वपूर्ण बैठक गरिएका स्थानमा पुग्ने छन् । उनले स्थानीय पार्टी कार्यकर्ता र सर्वसाधारणसँग भेटघाट र अन्तरक्रिया समेत गर्नेछन् ।

प्रचण्ड भ्रमणको बसोबास र खानपिन व्यवस्था रोप्ला जिल्ला कमिटीले गर्नेछ । सचिव पुनले भ्रमणका क्रममा औपचारिक कार्यक्रम केही नरहेको जानकारी दिँदै सहिद परिवार, घाइते, अपांग र पार्टी कार्यकर्ताका सार्थ जनतासँग भेटेर छलफल गरिने बताए ।

प्रचण्डको रोल्पा  २०५२ फागुन १ मा प्रहरी चौकी आक्रमण गरी जनयुद्ध घोषणा गरिएकोस्थान होलेरीबाट सुरु हुने र गजुल गाविसमा गएर सकिने पुनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us