घोराहीबाट गरे प्रचण्डले घोषणा– ‘नत्र आमहडताल हुन्छ’

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते १३:५६ मा प्रकाशित

दाङ, २४ कात्तिक– रोल्पको आमसभाका लागि पश्चिम नेपाल पुगेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचानसहितको संघीयता नभए देशव्यापी आमहडताल गर्ने घोषणा गरेका छन् ।

prachandaदाङको घोराहीमा भएको पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘पहिचानविरोधी कांग्रेस एमालेको प्रस्तावले सहमतिको वातावरण झन् विथोलेको छ ।’
पहिचानसहितको संघीयताका २२ दलहरु सहमतिकै पक्षमा भए पनि सत्तारुढ दलहरु भने आफूहरुलाई पेलेर जाने रणनीतिमा भएको आरोप समेत प्रचण्डले लगाए ।

‘बलजफ्ती गरेर पहिचानविरोधी संविधान ल्याउन खोजे देशभरि आमहड्तालसम्मको कार्यक्रम ल्याउन हामी बाध्य हुनेछौं,’ उनले भने, ‘वातावरण हामीले होइन, कांग्रेस एमालेले नै बिगारेका हुन् ।’

प्रचण्ड रोल्पमा जाने क्रममा घोराही पुगेका हुन् । उनीसँगै एमाओवादी महासचिव कृष्णबहादुर महरा, सचिव वर्षमान पुन लगायतका नेताहरु पनि घोराही पुगेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us