आमाका नामबाट छोरीलाई जिल्लामै पहिलो नागरिकता

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते १३:१३ मा प्रकाशित

खोटाङ, २४ कात्तिक – दिक्तेल नगरपालिका–९ की बिना परियारले जिल्लामै पहिलो पल्ट आमाको नामबाट नागरिकता पाएकी छन् ।

जिल्ला प्रशासन कार्यालयले आमा बदम नेपाली दर्जीका नामबाट परियारलाई वंशजका आधारमा नागरिकता प्रदान गरेको प्रजिअ सापकोटाले बताए । उनलाई नागरिकता प्रदान गर्न सभासद् सरस्वती बजिमयले सनाखत गरेकी थिइन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us