साधुको भेषमा मृगको छाला तस्करी गर्ने पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते १२:५७ मा प्रकाशित

विराटनगर, २४ कात्तिक – नेपालबाट भारततर्फ मृगको छाला लिएर जाँदै गरेको अवस्थामा आज दिउँसो विराटनगर रानीमा एक योगी पक्राउ परेका छन् ।

सुनसरीको लोकही बस्दै आएका ६३ वर्षीय धनीलाल ठाकुरलाई सशस्त्र प्रहरी एवम् भन्सार सुरक्षाका खटिएका प्रहरीले पक्राउ गरेको हो ।

उक्त मृगको छालाको लम्बाइ दुई फिट चार इन्च र चौंडाइ एक फिट आठ इन्च रहेको छ । मृगको छाला नेपालबाट भारततर्र्फ निकासीमा प्रतिबन्ध लगाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us