कार्यालय प्रमुखले आफैं रसिद काटेर घूस खाएपछि

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते ११:५१ मा प्रकाशित

पाल्पा, २४ कात्तिक – डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख नेत्रप्रसाद घिमिरेले पाल्पा र गुल्मी जिल्लाका सहकारीबाट अवैध रूपमा पैसा असुलेका छन् ।

सहकारीको रिर्पोट बुझाउन गएका घिमिरेले सहकारीबाट १०० को रसिद काटेर ५०० सम्म लिएका हुन् ।

डिभिजन सहकारी कार्यालयमा झापाबाट आएका डिभिजन प्रमुख घिमिरेले विन्दवासी महिला बचत तथा ऋण सहकारी सोमादीबाट ६०० लिएर १०० को रसिद काटेको सहकारीकी अध्यक्ष लक्ष्मी पोखरेलको भनाइ छ ।

नमुना कफी उत्पादक सङ्घबाट पनि उनले ५०० मागेर १०० को रसिद काटेर दिएको सहकारीका अध्यक्ष प्रेम सिंजालीले बताए ।
यस्तै प्रमुखले शिवशक्ति सहकारीबाट अवैध रूपमा पैसा उजुरी पाल्पा जिल्ला प्रशासन कार्यालयमा परेपछि प्रजिअ विष्णुकमार कार्कीले सो कार्यालयमा निगरानीका लागि कर्मचारी पठाएका थिए । सहकारी प्रमुख घिमिरले रसिद उल्लेख गरेको भन्दा बढी पैसा नलिएको बताएका छन् ।

डिभिजन सहकारी कार्यालयका एक कर्मचारीले नाम नखोल्ने सर्तमा भने, उनले पैसा लिएको भने सत्य हो । सहकारी कार्यालयमा लेखापालसहितको दरबन्दी रहेको छ । तर, कार्यालय प्रमुखले नै पैसा कमाउन आफैँले नै रसिद काटेको त्यहाँका कर्मचारीको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us