प्रचण्ड दलबलसहित रोल्पा गएकामा भट्टराई ‘फायर’

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते ११:०२ मा प्रकाशित

prachanda-baburamकाठमाण्डु, २४ कात्तिक– संविधान निर्माण प्रक्रिया अलमलमा परेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साताका लागि रोल्पा गएकामा एमाओवादी नोता बाबुराम भट्टराई रुष्ट बनेका छन् ।

संविधान निर्माण प्रक्रिया पेचिलो भएका बेला प्रचण्डले काठमाण्डु छाड्नुलाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टराईले आफूमाथिको असहोगका रुपमा लिएका छन् ।

प्रचण्ड जनयुद्धकालमा आफू पुगेका रोल्पाका जनतासँग भेट्न भन्दै सोमबार रोल्पाली नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन र नन्दकिशोर पुनसहित काठमाण्डुबाट हिंडेका हुन् ।

प्रचण्डले टाइफाइडका कारण अस्वस्थ भट्टराईले आइतबार साँझ सानेपास्थित उनकै निवास पुगेर भेटेका थिए । त्यस क्रममा उनले आफू रोल्पा जान लागेको जानकारी भट्टराईलाई गराएका थिए ।

जवाफमा भट्टराईले संविधान निर्माण प्रक्रिया अप्ठेरोमा परेको भन्दै नजान भनेको स्रोतले जनायो । तर प्रचण्डले पटकपटक आफूले बोलाएको बैठकमा काँग्रेस–एमाले नआएको र सात प्रदेशको अडानबाट पछि हट्ने छाँटकाँट नरहेकाले तत्काल दलहरुबीच सार्थक वार्ता हुने सम्भावना आफूले नदेखेको बताएका थिए ।

काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली केही दिनअघि दुई पटकसम्म प्रचण्डले बोलाएको बैठकमा गएका थिएनन् ।

स्रोतका अनुसार त्यसलाई प्रचण्डले आफूमाथिको अपमान र १२ बुँदे सहमतिबाट सुरु भएको राजनीतिक प्रक्रिया भाँड्ने काँग्रेस–एमालेको नियोजित चालका रुपमा बुझेका छन् ।

‘संविधान निर्माण प्रक्रिया अप्ठेरोमा परेका बेलामा प्रचण्ड रोल्पा गएर ठीक गर्नुभएन भन्ने हाम्रो बुझाएको हो’, भट्टराई पक्षीय केन्द्रीय सदस्य प्रभु साहले भने, ‘यसले प्रचण्डले संविधान निर्माण प्रक्रियालाई महत्व नदिएको देखियो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us