सिके राउतलाई निःशर्त रिहाइ नगरे मधेसमा समानान्तर सरकार चलाउने चेतावनी

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते १०:२० मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक – सिके राउत बचाउ संघर्ष समितिले राउतमाथि राज्यले विभेद गरेको भन्दै तत्काल विभेद अन्त्य नगरे मधेशमा समानन्तर सरकार सञ्चालन गर्ने चेतावनी दिएको छ ।

ck rautमंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले डिल्लीबजार जेलमा रहेका राउतलाई निःशर्त रिहाइ गर्नुपर्ने भन्दै विभिन्न अन्र्तराष्ट्रिष्य समूदायहरुले अपिल गर्दागर्दै पनि सरकारले कुनै सुनुवाई नगरेकोमा गुनासो गर्दै तत्काल रिहाई गर्न माग गरेको हो ।

कार्यक्रममा सिके राउत बचाउ संघर्ष समितिका अध्यक्ष डा. विनय पंजियारले मधेशमा हजारौं सिके राउत जन्मिसकेको बताउँदै राज्यसँग हिम्मत भए ति सबैलाई पक्रन चेतावनी दिएका छन् ।

समाजसेवी बलदेव साहले अन्र्तराष्ट्रिय स्तरमा समेत  सिके राउतको मुद्दाले प्राथमिकता पाएको उल्लेख गर्दै राष्ट्रिय स्तरमा भने उक्त विषयलाई गुमनाम बनाईएको आरोप लगाएका छन् ।

कार्यक्रममा सिके राउत बचाउ संघर्ष समितिका वीरगन्ज संयोजक राजेश यादवले मधेशी जनता अझैपनि न्यायपालिकासँग न्याय पाउनेमा विश्वस्त रहेको बताए ।

संघर्ष समितिका सदस्य चन्दन सिंहले राउतको प्रकरणले मधेशमा नयाँ क्रान्तिको सुरुवात हुने उद्घोष गरेका छन् । त्यस्तै अर्का सदस्य महेश कलवारले पनि सिके राउतमाथि अन्याय भएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us