बादलको चुरीफुरी सहन नसकेपछि विप्लवले पार्टी फुटाइदिने

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते ९:३५ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– दुई वर्षअघि एकीकृत नेकपा (माओवादी) बाट विभाजन भएर बनेको नेकपा–माओवादी फेरि अर्को विभाजनको मुखमा पुगेको छ । पार्टी अध्यक्ष मोहन वैद्य किरण र सचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीचको विवाद नमिल्ने ठाउँमा पुगेको समाचार स्रोतहरु बताउँछन् ।
Chand

सोमबार डाकिएको पोलिट्ब्युरो बैठक बहिष्कार गरेको विप्लव पक्षले मंगलबारको बैठक पनि बहिष्कार गरेको छ । संस्थापन पक्षको सोमबार बैठक स्थगित गरे पनि मंगलबार विप्लवबिना नै बसेको छ ।

पार्टीभित्र निरन्तर फरक मत राख्दै आएका विप्लवले पदाधिकारी र पोलिट्ब्युरोमा आफू अल्पमतमा पर्ने भएपछि बैठक बहिष्कार गरेका हुन् । पार्टीको विधिअनुसार जाँदा अल्पमतमा परिने र बहुमतीय निर्णय मान्नुपर्ने भएकाले उनले छुट्टै भेला डाकेको विश्लेषकहरु बताउँछन् ।

केन्द्रीय समितिमा पनि उनी अल्पमतमा छन् । ४३ सदस्यीय पूर्ण केन्द्रीय समितिमा उनलाई ११ सदस्यले मात्रै साथ दिंदै आएका छन् ।

विप्लव पक्षले राजधानीबाहिर राष्ट्रिय भेला गरेर कुनै नयाँ निर्णय लिने योजना बनाएका छन् । त्यही योजनाको पूर्वतयारी अनुसार केही दिनअघि देखि ठाउँठाउँमा ‘नयाँ जनवादी क्रान्ति जिन्दावाद’ लगायतका नाराहरु लेखिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us