जग्गा पाइन्छ कि भनेर फाराम भर्न जाँदा ज्यानै गयो

काठमाण्डु टुडे २०७१ कार्तिक २६ गते ६:२७ मा प्रकाशित

इलाम, २६ कात्तिक – इलामको पश्चिमी बाँझो गाविसमा एक वृद्धको त्रिशूले भिरबाट लडेर ज्यान गएको छ ।

गाउँ विकास समितिको कार्यालयमा सुकुम्वासी आयोगको फाराम भरेर घर फर्कने क्रममा बाँझो–८ मानपुरे भन्ने स्थानका ५९ वर्षीय मणिविक्रम योङहाङको मङ्गलबार साँझ भिरबाट लडेर ज्यान गएको हो ।

चुलाचुली र साकफारा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ । भिरबाट करिब सय मिटर तल खसेर योङहाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us